शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

आयातमा लागेको प्रतिबन्ध असोज २८ सम्म; कार, मोटरसाइकल, मोबाइल र मदिरा प्रतिबन्धित

३२ इन्चमाथिका रंगिन टेलिभिजन ल्याउन पाइने

images
मंगलबार, भदौ १४ २०७९
images
images
आयातमा लागेको प्रतिबन्ध असोज २८ सम्म; कार, मोटरसाइकल, मोबाइल र मदिरा प्रतिबन्धित

यसअघि भदौ १४ गतेसम्म १० वस्तुमा लागेको प्रतिबन्धमध्ये अहिले चार वटा वस्तुमा मात्र कायम गरिएको छ।

images
images

काठमाडौं- सरकारले बैशाख १३ गतेदेखि लगाएको आयातको प्रतिबन्धलाई असोज २८ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ।

images
images

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित असोज २८ गतेसम्मका लम्ब्याउने निर्णय गरेको हो।

images
images

यसअघि भदौ १४ गतेसम्म १० वस्तुमा लागेको प्रतिबन्धमध्ये अहिले चार वटा वस्तुमा मात्र कायम गरिएको छ।

images
images
images

कुन कुन वस्तुमा प्रतिबन्ध निरन्तर?

- सबै प्रकारका तयारी मदिरा

-  ३ सय डलर माथिका स्मार्ट फोनहरु 

-  जिप/कार/भ्यानहरु

-  १५० सीसी माथिका मोटरसाइकल

कुन कुनमा प्रतिबन्ध हट्यो?

-  खेल्ने तास

-  कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरु

-  सबै प्रकारका खेलौनाहरु

-  चुरोट तथा सूर्तिजन्य वस्तु

-  हिरा (औधोगिक कच्चा पदार्थ बाहेक)

-  ३२ इन्चमाथिका रङगिन टेलिभिजन


प्रकाशित : मंगलबार, भदौ १४ २०७९१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend