शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

आयात प्रतिबन्धका विषयमा निर्णय गर्ने अधिकारसहितकाे उच्चस्तरीय समिति गठन

images
मंगलबार, भदौ १४ २०७९
images
images
आयात प्रतिबन्धका विषयमा निर्णय गर्ने अधिकारसहितकाे उच्चस्तरीय समिति गठन

समितिकै सिफारिसमा सरकारले आयात प्रतिबन्धका विषयमा निर्णय लिने छ। 

images
images

काठमाडौं- सरकारले आयातकाे विषयमा निर्णय गर्ने अधिकारसहितकाे उच्चस्तरीय समिति गठन गरेकाे छ। मन्त्रिपरिषद्ले आयात व्यवस्थापन गर्नका लागि उद्योग वाणिज्य मन्त्रालयकाे प्रस्तावमा समिति गठन गरेकाे हाे।

images
images

समितिमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, अर्थकै राजस्व सचिव रामेश्वर दंगाल, उद्योग मन्त्रालयका वाणिज्य सचिव डा. गणेश पाण्डे र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल छन्।

images
images

समितिले आयातमा प्रतिबन्ध खुलाउने र नखुलाउने निर्णय गर्न पाउने छ। समितिकै सिफारिसमा सरकारले आयात प्रतिबन्धका विषयमा निर्णय लिने छ। 

images
images
images

पछिल्लो समय १० वस्तुकाे आयातकाे प्रतिबन्ध मंगलबार सकिँदैछ। समितिले आइतबारदेखि नै काम गरेकाले अब सिफारिस गरेर कुन कुन वस्तुकाे आयात फुकुवा गर्ने र जारी राख्ने निर्णय गर्ने छ। 

 


प्रकाशित : मंगलबार, भदौ १४ २०७९१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend