आइतबार, जेठ ६ गते २०८१    
images
images

कोशी करिडोर : अझै १४ किलोटिर ट्र्याक खुल्न बाँकी, गत आवको प्रगति ८४ प्रतिशत

images
मंगलबार, भदौ १४ २०७९
images
images
कोशी करिडोर : अझै १४ किलोटिर ट्र्याक  खुल्न बाँकी, गत आवको प्रगति ८४ प्रतिशत
फाइल तस्बिर

२०६५/६६ मा सुरु भएको यो आयोजना २०८०/८१ मा सक्ने लक्ष्य रहेको छ।

images
images

काठमाडौं- कोशी करिडोर अन्तर्गत खाँदबारी-नुम-किमाथांका सडकको १ सय ६२ किलोमिटरमध्ये १४ किलोमिटरमा ट्र्याक खुल्ने बाँकी रहेको छ। यो १४ किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको छ। 

images
images
images

कठीन भौगोलिक अवस्था र ठूला चट्टान भएका कारण सो सडकको ट्र्याक खोल्ने काम सरकारले नेपाली सेनालाई दिएको छ। कठीन भौगोलक अवस्था र अन्य चुनौती भए पनि सो करिडोर निर्माण तथा स्तरोन्नतीको काम भइरहेको छ। 

images

करिडोर अन्तर्गत १ सय ४८ किलोमिटर ट्र्याक खोलिसकेको ठाउँमा स्तरोन्नतीको काम भइरहेको आयोजनाले जनाएको छ। आयोजना अन्तर्गत ५० किलोमिटर सडकको कालोपत्रे गर्नका लागि ठेक्का लागेर काम सुरु भएको उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका निर्देशक दिपक श्रेष्ठले बताए।

images
images

पछिल्ला वर्षहरुमा आयोजनाको कामले गति लिएको निर्देशक श्रेष्ठको भनाइ छ। ‘ट्र्याक खुलेको ठाउँमा ग्रावेल गर्ने तथा ५० किलोमिटर सडकमा कालोपत्रे गर्नका लागि ठेक्का लागेर काम भइरहेको छ,’ उनले भने, ‘१४ किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिएकाले सेनाबाट प्राप्त भएपछि त्यो खाण्डमा पनि काम तीब्र रुपमै अघि बढ्छ।’ 

images
images

२०६५/६६ मा सुरु भएको यो आयोजना २०८०/८१ मा सक्ने लक्ष्य रहेको छ। अहिलेकै गतिमा काम हुँदा आयोजना समयमा सकिन कठीन छ। आर्थिक वर्ष २०७८/७९ मा आयोजनाका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। गत आवमा आयोजनाको समग्र प्रगति ८४ प्रतिशत भएको आयोजना निर्देशक श्रेष्ठको भनाइ छ। चालु आवका लागि सरकारले यो आयाजनालाई १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

जटिल भौगोलिक अवस्थाका कारण सडक निर्माणमा अपेक्षाकृत उपलब्धी हुन नसकेको आयोजना निर्देशकको भनाइ छ। ‘भौगोलिक असहजता, मौसमी प्रतिकुलतालगायतका कारण यो खण्डमा काम गर्न समय बढी लागेको हो,’ उनले भने, ‘त्यसमा पनि कडा चट्टान भएकाले ट्र्याक खोल्ने काम नेपाली सेनाको जिम्ममा रहेको छ।’ आयोजनाको अवधि २ वर्ष बाँकी भएकाले सयमै काम सक्न निर्देशनालय लागिपरेको उनले बताए। 

सरकारले उत्तर दक्षिण यात्रा गर्न सहज हो भनेर विभिन्न नदी किनारबाट करिडोर निर्माणलाई उच्च प्राथमिकता दिएको छ। पश्चिमतर्फ कर्णाली, महाकाली कालीगण्डकीलगायत नदी किनार हुँदै करिडोर निर्माण भइरहेको छ।

यसरी करियोड निर्माण हुँदा बिकट भौगोलिक अवस्थामा रहेका नागरिकले सहजहरुमा आवागमन र उत्पादन बिक्रीबाट जीवनस्तर उकासिने विश्वास सरकारको छ। सोही कुरालाई मध्यनजर गर्दै सरकारले करिडोर निर्माणमा अर्बौं लगानी गरिरहेको छ। 

यो करिडोर अन्तर्गत २२ पुल आवश्यक भएकामा अहिलेसम्म केही पुल सम्पन्न भएर सञ्चालनमा आएको र धेरै निर्माणाधीन रहेको योजनाले जनाएको छ। पुलमा काम गर्दा समस्या आउने गरेको छ। 

दक्षिणमा मोरङको जोगवनीदेखि उत्तरमा संखुवासभाको किमाथांकासम्म रहेको छ। यसले उत्तरमा चीनको सीमादेखि दक्षिणमा भारतीय सीमालाई जोड्छ। रानी, विराटनगर, इटहरी, धनकुठा, लेगुवा, खाँदबारी, किमाथांका पुग्ने यो करिडोर निर्माण भइरहेको छ। कोशी करिडोरको कुल लम्बाई ३ सय १० किलोमिटर रहेको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७३ बैशाख ५ मा एक विज्ञप्ति जारी गर्दै कोशी करिडोर सडकको ट्र्याक दुई वर्षमा खोलिसक्ने दाबी गरेको थियो। त्यसस्तै ५ वर्षभित्र यो करिडोरलाई दुई लेनमा स्तरोन्नती गरिसक्ने दाबी गरिएको थियो। तर ६ वर्ष वितिसक्दा हालसम्म यो करिडोरको १४ किलोमिटरमा अझै ट्र्याक खुल्न बाँकी छ।


प्रकाशित : मंगलबार, भदौ १४ २०७९०५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend