शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सुजुकीले गुजरात विद्युतीय कार प्लान्टमा ३ खर्ब भारु लगानी गर्ने, भारतमा ग्लोबल रिसर्च कम्पनी 

images
सोमबार, भदौ १३ २०७९
images
सुजुकीले गुजरात विद्युतीय कार प्लान्टमा ३ खर्ब भारु लगानी गर्ने, भारतमा ग्लोबल रिसर्च कम्पनी 

यो प्लान्टबाट वार्षिक १० लाख कार उत्पादन हुने अनुमान गरिएको छ। यो प्लान्ट बनाउन २ अर्ब भारु लगानी हुनेछ।

images
images

काठमाडौं- जापानी कार उत्पादन कम्पनी सुजुकी मोटो कर्पले भारतमा नयाँ ग्लोबल रिसर्च एन्ड डेभलपमेन्ट कम्पनी स्थापना गर्ने भएको छ। भारतमा गरिने लगानीलाई अझ तीब्रता दिने सुजुकी मोटो कर्पका प्रमुख तोशिहिरो सुजुकीले बताएका छन्। 

images
images
images

नयाँ स्थापना हुने रिसर्च कम्पनीको पूर्ण स्वामित्व सुजुकी जापानसँगै हुनेछ। भारतमा स्थापना हुने आरएन्डडीले भारतमा मात्र नभइ विश्व बजारमै सुजुकीका उत्पादनलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउने सहयोग गर्ने सुजुकीले जनाएको छ। 

images
images

सुजुकीको लगानी घोषणा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमिओ किशिदासमेत थिए। गान्धी नगरमा सुजुकीको प्लान्ट विगत ४० वर्षदेखि चलिरहेको छ। सोही प्लान्टमा कार्यक्रम आयोजना गरिएको थियो। 

images
images

सुजुकी ग्रुपका लागि भारत असाध्यै महत्वपूर्ण देश भएको प्रमुख सुजुकीको भनाइ छ। सुजुकीले भारतमा गर्ने लगानी विस्तारलाई उल्लेख्य रुपमा बढाउँदै जाने उनको भनाइ छ। 

सुजुकी मोटो कर्पसँग भारतीय कम्पनी मारुती सुजुकी इन्डियामा बहुमत सेयर रहेको छ। भारतमा साना तथा कम मूल्यका कारमा मारुती सुजुकीको बर्चस्व रहेको छ। तर भारतीय उपभोक्ताको एसयूभी प्रति बढ्दै गएको रुचीलाई ध्यानमा राखेर मारुती सुजुकीले पनि एसयूभी सेगमेन्टका कार उत्पादनलाई प्राथमिकतामा राखेको छ। 

सुजुकीका लागि भारत विश्वकै सबैभन्दा ठूलो र बजार (रेभिन्यु र नाफाका हिसाबले) हो। त्यसैले मारुतीलाई सहयोग हुने गरि सुजुकीले ६ खर्ब ५० अर्ब भारु लगानी गरिसकेको छ। सुजुकीको यो लगानीले मारुती सुजुकीलाई भारतमा प्यासेन्जर कार सेगमेन्टमा नेतृत्वमा रहिरहन सहयोग पुर्‍याएको छ। 

गत वर्ष सुजुकी ग्रुपले विश्वभर २८ लाख सवारी उत्पादन गरेकोमा यसको ६० प्रतिशत भारतमै उत्पादन भएको थियो। सुजुकीले गुजरात प्लान्टबाट २०१७ देखि कार उत्पादन थालेको थियो। त्यो सुजुकीका लागि र ल्याटिन अमेरिका तथा अफ्रिका निर्यातका लागि थियो। 

गएको मार्चमा सुजुकीले भारतमा १ खर्ब भारुभन्दा बढी लगानी गरेर विद्युतीय उत्पादन सुरु गर्ने घोषणा गरेको थियो। कम्पनीले भारतीय बजारमा २०२५ मा विद्युतीय कार बिक्रीका लागि ल्याउने बताएको छ। विद्युतीय कार उत्पादन प्लान्टले वार्षिक ७ लाख ५० हजार विद्युतीय कार उत्पादन गर्ने क्षमता राख्छ। 

कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नयाँ कार प्लान्ट र ब्याट्री प्लान्टको शिलान्यासमा सहभागिता जनाएका थिए। सुजुकीको नयाँ प्लान्ट हरियानामा र सुजुकी ईभी ब्याट्री प्लान्ट गुजरातको हंसलपुरमा बन्ने छ। 

सुजुकीले भारतको गुजरात प्लान्टबाट विद्युतीय कार उत्पादन गर्ने र त्यसमा ३ खर्ब भारुभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ। मारुती र सुजुकी मोटो कर्पबीच १९८२ मा संयुक्त उपक्रमको साझेदारी भएको थियो। 

गुजरात हंसलपुर प्लान्ट २०२६ मा बनेर ब्याट्री सेल उत्पादन थाल्ने छ। यो प्लान्टमा १ अर्ब ४० अर्ब भारुभन्दा बढी लगानी हुनेछ। ब्याट्री उत्पादनमा तोशिबा, डेन्सु र सुजुकीको संयुक्त उपक्रम रहेको छ। यही प्लान्टमा उत्पादन हुने सेल मारुती सुजुकी र टोयोटाले उत्पादन गर्ने हाइब्रिड कारमा समेत प्रयोग हुनेछ। 

सुजुकीको हरियानामा बन्ने प्लान्टबाट विद्युतीय कार र पेट्रोल कार बन्ने छ। यो प्लान्टबाट वार्षिक १० लाख कार उत्पादन हुने अनुमान गरिएको छ। यो प्लान्ट बनाउन २ अर्ब भारु लगानी हुनेछ।  

नेपाली बजारमा पनि सुजुकीका कार राम्रो संख्यामा बिक्री हुँदै आएको छ। सुजुकीका इन्ट्रिलेवलदेखि एसयूभी सेगमेन्टसम्मका कार लोकप्रिय छन्। भारतमा विद्युती कार उत्पादन भएसँगै नेपाली बजारमा समेत आउने छन्।


प्रकाशित : सोमबार, भदौ १३ २०७९११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend