काठमाडौं- सोमबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आइतबारको तुलनामा सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँ घटेको हो।
आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँ घटेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको हो। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ४५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।