शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

सडक बोर्डको कार्यकारी निर्देशकका लागि कार्यपत्र पेश गर्न आह्वान

images
सोमबार, भदौ १३ २०७९
images
images
सडक बोर्डको कार्यकारी निर्देशकका लागि कार्यपत्र पेश गर्न आह्वान

बोर्डले कार्यकारी निर्देशक नियुक्तिका लागि गएको चैतमा सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको थियो। 

images
images

काठमाडौं- सडक बोर्ड नेपालमा रिक्त रहेको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढेको छ। बोर्डले कार्यकारी निर्देशक नियुक्तिका लागि गएको चैतमा सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको थियो। 

images
images

बोर्डमा खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त हुने व्यवस्था रहेको छ। सडक बोर्ड ऐन २०५८ को दफा २१ तथा सडक बोर्डका कार्यकारी निर्देशक नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त सम्बन्धी नियमावली २०५९ बमोजिम छनोट प्रक्रिया अघि बढेको हो। 

images
images

बोर्डले सर्टलिस्टमा परेका पाँच जनालाई सोमबार एक सूचनामार्फत कार्यपत्र पेश गर्न आउन आह्वान गरेको हो। सर्टलिस्टमा परेकाहरुमा अनिलराज पौडेल, कृष्ण सिंह बस्नेत, गणेशबहादुर केसी, श्रद्धा भण्डारी र चेतना थापा रहेका छन्। 

images
images
images

सर्टलिस्टमा परेका पाँचै जनाले कार्यपत्र प्रस्तुत गर्नुपर्ने छ। कार्यपत्र प्रस्तुत गर्न यही भदौ २० गते बोर्डको कार्यालयमा उपस्थित हुनुपर्ने छ।


प्रकाशित : सोमबार, भदौ १३ २०७९०३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend