शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

भारतमा केटीएम सिटीको सातौँ आउटलेट खुल्यो, अबको लक्ष्य नयाँ दिल्ली 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १२ २०७९
images
images
भारतमा केटीएम सिटीको सातौँ आउटलेट खुल्यो, अबको लक्ष्य नयाँ दिल्ली 

 कम्पनीले नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्न सकिन्छ भन्ने आत्मविश्वास पलाएको उल्लेख गरेको छ। यसबाट नेपालमा रोजगारी बढ्ने तथा देशको विश्वसनीयतामै पनि अभिवृद्धि हुने कम्पनीको विश्वास छ। 

images
images

काठमाडौं-  शेर्पा आउटडोरको नेपाली ब्रान्ड केटीएम सिटीले भारतमा बजार विस्तार गरेको छ। 

images
images

नेपालमा लुगा उत्पादन गर्दै आएको केटीएम सिटीले भारतको सिलगुरीममा नयाँ आउटलेट खोलेको हो । भारतको सिलगुरीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा  केटीएम सीटीको आउटलेट खुलेको हो। 

images
images

यसअघि भारतको विभिन्न ६ स्थानमा आउटलेट सञ्चालन गरेर व्यवसाय गर्दै आएको केटीएम सिटीले सिलगुरीमा पनि सेवा विस्तार गरेको हो । भारतको राजधानी नयाँ दिल्लीको व्यापारिक महलमा आउटलेट खोल्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ। 

images
images
images

‘केटीएम सिटीले गुणस्तरीय लुगामा देशलाई आत्मनिर्भर मात्र बनाएको छैन । अन्तराष्ट्रिय बजारमा नेपाली ब्रान्डको रुपमा आफूलाई स्थापित समेत गर्न खोजिरहेको छ । भारतीय बजारमा केटीएम सिटीले राम्रो सफलता प्राप्त गर्ने विश्वास हामीले लिएका छौं’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

 कम्पनीले नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्न सकिन्छ भन्ने आत्मविश्वास पलाएको उल्लेख गरेको छ। यसबाट नेपालमा रोजगारी बढ्ने तथा देशको विश्वसनीयतामै पनि अभिवृद्धि हुने कम्पनीको विश्वास छ। 

 


प्रकाशित : आइतबार, भदौ १२ २०७९१३:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend