मंगलबार, असोज ८ गते २०८१    
images
images

नेपाली युवा उद्यमी मञ्च काठमाडौंको स्टार्टप अवार्डमा आवेदन खुल्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १२ २०७९
images
images
नेपाली युवा उद्यमी मञ्च काठमाडौंको स्टार्टप अवार्डमा आवेदन खुल्यो 

युवा उद्यमीहरूका बीचमा विभिन्न कार्यक्रम गर्दै आएको यो संस्थाले यो कार्यक्रम मार्फत नयाँ उद्यमीहरूलाई आवश्यक पर्ने एक्पोजर, मेन्टरसिप र लगानीको अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

images
images

काठमाडौं-  नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले स्टार्टप अवार्ड आयोजना गर्ने भएको छ। 

images
images
images

नेपालका युवा उद्यमीहरूको प्रतिनिधिमूलक संस्थाको काठमाडौं च्याप्टरले युवाहरूलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ। 

युवा उद्यमीहरूका बीचमा विभिन्न कार्यक्रम गर्दै आएको यो संस्थाले यो कार्यक्रम मार्फत नयाँ उद्यमीहरूलाई आवश्यक पर्ने एक्पोजर, मेन्टरसिप र लगानीको अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीको लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टप कम्पनीहरू नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ। त्यस्तै स्टार्टप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ। स्टार्टपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनुपर्नेछ। स्टार्टपले आफ्नो सबैभन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तिय विवरण (अडिट रिपोर्ट) बुझाउनु पर्नेछ । 

images

अडिटेड वित्तिय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तिय विवरण बुझाउनु पर्नेछ । यी सबै आवश्यक कागजपत्र पेश गरेपछि कार्यक्रम आयोजकले तोकेको समयमा उपस्थित हुने कम्पनीहरुमात्र अवार्डको लागि योग्य हुनेछन् । नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले संचालन गरेको कम्पनी भने सहभागी हुन पाउने छैन ।  प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाईस अवार्ड प्रदान गरिनेछ । 

स्टार्टअप अवार्डमा उत्कृष्टले क्रमश: ४ लाख, २ लाख तथा १ लाख नगद उपहार प्राप्त गर्नेछन । सहभागी हुन इच्छुकले www.nyefstartupawards.com मा गएर फारम भर्नसक्नेछन्। 


प्रकाशित : आइतबार, भदौ १२ २०७९११:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend