शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

टाटा र महिन्द्राका आउँदै गरेका विद्युतीय एसयूभी, हुनसक्छ कडा प्रतिस्पर्धा 

images
images
images
टाटा र महिन्द्राका आउँदै गरेका विद्युतीय एसयूभी, हुनसक्छ कडा प्रतिस्पर्धा 

भारतीय बजारमा जसरी दुई कम्पनीले नयाँ विद्युतीय एसयूभीमा प्रतिस्पर्धा गर्ने अनुमान भइरहेको छ त्यस्तै प्रतिस्पर्धा नेपाली बाजरमा समेत हुनसक्छ। 

images
images

काठमाडौं- दुई भारतीय सवारी उत्पादनक कम्पनी टाटा मोटर्स र महिन्द्रा एन्ड महिन्द्रा कमर्सियलदेखि प्यासेन्जर कारसम्म प्रतिस्पर्धामा छन्। भारतीय बजारमा मात्र होइन नेपाली बजारमा समेत टाटा र महिन्द्राका ठूला सवारीदेखि कारसम्म उपलब्ध रहेका छन्। 

images
images
images

पछिल्लो समय यी दुवै सवारी उत्पादक कम्पनी विद्युतीय सवारी उत्पादनमा आक्रामक देखिएका छन्। महिन्द्रा विद्युतीय कारमा पहिले बजारमा आएको भएपनि अहिले टाटा मोटर्स भारत तथा नेपालमा विद्युतीय कार बिक्रीको माम्लामा निक्कै अघि बढिसकेको छ। 

images

टाटा मोटर्सले पनि आगामी ४/५ वर्षमा करिब १ दर्जन नयाँ विद्युतीय कार बजारमा ल्याउने योजना अघि सारिसकेको छ भने महिन्द्राले पनि केही दिन अघिमात्र विभिन्न मोडलका विद्युतीय कारको कन्सेप्ट सार्वजनिक गरेको थियो। 

images

भारतीय सवारी उत्पादक महिन्द्राले विगत लामो समयदेखि विद्युतीय कार उत्पादन गर्दै आएको थियो। विगतमा रेभाको स्वामित्व लिएपछि इटुओ विद्युतीय कार बजारमा ल्याएको थियो। उक्त इटुओ नेपाली बजारमा समेत उल्लेख्य संख्यामा बिक्री भएको विद्युतीय कार हो। 

images
images

अब भने महिन्द्राले एसयूभी सेगमेन्टमा आकर्षक विद्युतीय कार बजारमा ल्याउने भएको छ। यसका लागि कम्पनीले विभिन्न मोडलको प्रोटोटाइप सार्वजनिक गर्दै उत्पादन बजारमा ल्याउने योजना सार्वजनिक गरको छ। 

महिन्द्राको पहिलो विद्युतीय एसयूभीका रुपमा एक्सयूभी ४०० आउने भएको छ। महिन्द्राले यो कार सेप्टेम्बर ६ मा भारतीय बजारमा सार्वजनिक गर्ने तय भएको छ। भारतीय बजारमा उत्पादन भएको पहिलो विद्युतीय एसयूभी टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा महिन्द्रा एक्सयूभी ४०० ईभीले गर्ने चर्चा भारतीय सञ्चार माध्यमहरूले गरेका छन्।  

भारतमा ईभी उत्पादनमा अग्रणी भूमिकामा रहेपनि महिन्द्रले समयको मागअनुसारको विद्युतीय कार बजारमा ल्याउन नसक्दा कम्पनी निक्कै पछाडि परिसकेको छ। टाटा नेक्सन ईभी भारत र नेपालमा सर्वाधिक विक्री हुने ईभी मोडलका रुपमा स्थापित भइरहेको छ। 

अब भने महिन्द्राले धेरै मोडलको कन्सेप्ट सार्वजनिक गरेर आफू ईभी उत्पादनमा आक्रमक बन्ने संकेत गरेको छ। साथै, एक्सयूभी ४०० पछि केयूभी १०० को ईभी भर्सन ल्याउन तयारीमा कम्पनी रहेको छ। टाटा मोटर्सले पनि विद्युतीय एसयूभीका विभिन्न मोडलहरूको कन्सेप्ट सार्वजनिक गरिसकेको छ। 

महिन्द्राले बीई.०५, ०९ लगायत कन्सेप्ट पनि सनर्वजनिक गरिसकेको छ। त्यस्तै टाटा मोटर्सले कर्भ र अभेन्या विद्युतीय कारको कन्सेप्ट सार्वजनिक गरिसकेको छ। दुवै कम्पनीले सार्वजनिक गरेका सबै मोडल विद्युतीय एसयूभी हुन्। 

गएको अप्रिलमा सार्वजनिक गरिएको नयाँ विद्युतीय कन्सेप्ट कारको नाम अभेन्या राखिएको छ। अबको भविष्य विद्युतीय कारको भएको भन्दै टाटा मोटर्सले विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता दिएको छ। टाटाले सार्वजनिक गरेको अभेन्या कन्सेप्ट कार एसयूभी सेगमेन्टको हुने र यो जेनेरेसन थ्री प्लेटफर्ममा उत्पादन हुनेछ। 

अभेन्या कन्सेप्ट कर्भ कन्सेप्ट सार्वजनिक भएको १ महिनाभन्दा कम समयमा सार्वजनिक गरेको थियो। टाटाले कर्भ मिडसाइज एसयूभी अबको दुई वर्षभन्दा कम समयमा बजारमा ल्याउने दाबी गरेको छ। अभेन्या विद्युतीय कार एक पटकको फल चार्जमा ५ सय किलोमिटरभन्दा बढी रेन्जमा सार्वजनिक हुने दाबी कम्पनीको छ। 

नयाँ कन्सेप्ट अभेन्या लिएट टाटा मोटर्स विद्युतीय कारको विश्व बजारमा जाने छ। टाटाले नयाँ विद्युतीय कारमा प्रिमियम विशेषताहरू रहने जनाएको छ।

हाल टाटाले भारतीय बजारमा नेक्सन इभी, टिगोर इभी, एक्सप्रेस टी विद्युतीय कार बिक्री गर्दै आएको छ। टाटाले अल्ट्रोज इभी समेत सार्वजनिक गर्दैछ। हालसम्म बिक्री गर्दै आएका विद्युतीय कार आइसी इन्जिन डिजाइनकै कार हुन्। अब भने टाटा मोटर्सले विद्युतीय भर्सनकै लागि डिजाइन गरिएका कार बजारमा ल्याउने छ। 

महिन्द्राले पनि विद्युतीय कार नै उत्पापदन गर्नेगरि नयाँ प्लेटर्फम डिजाइन गरेको हो। महिन्द्राले ल्याउन लागेको एक्सयूभी ४०० भने अहिले चल्तीमा रहेको एक्सयूभी ३०० मा आधारित रहेर बनेको मोडल हो। कम्पनीले एक्सयूभी ३०० को भन्दा करिब २०० एमएम लामो साइजमा एक्सयूभी ४०० आउने अनुमान गरिएको छ। 

महिन्द्राले २०२० को अटो एक्सपोमै एक्सयूभी ४०० को विद्युतीय कन्सेप्ट सार्वजनिक गरेको थियो। एक्सयूभी ४०० इभीमा एड्रेनो एक्स कनेक्टेड कार एआई प्रविधिसहित ठूलो साइजको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम रहनेछ।

एक्सयूभी ४०० विद्युतीय कार पछि महिन्द्राले शून्य प्रदूषण कारका रुपमा एक्सयूभी ई९ कुपे भर्सनमा ल्याउने जनाएको छ। यो कार २०२५ अप्रिलमा बजारमा आउने छ। महिन्द्राका नयाँ विद्युतीय कार आकर्षक र विद्युतीय भर्सनकै डिजाइन क्लासमा आउने छन्। 

नेपाली बजारमा हाल महिन्द्राका नयाँ विद्युतीय कार उपलब्ध छैन भने टाटा मोटर्सको सवार्धिक पर्खाइ र खोजिमा रहेको नेक्सन ईभी उपलब्ध रहेको छ। त्यसै टाटा मोटर्सको अर्को विद्युतीय सेडान कार टिगोर ईभी पनि बिक्री हुँदै आएको छ। नेक्सन हाल नेपाली बजारमा सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभीमा पर्छ। नेक्सन ईभीको डार्क एडिसनसमेन बिक्री भइरहेको छ। तर महिन्द्रको विद्युतीय कार नेपाली बजारमा आउन अझै केही समय लाग्ने छ। 

भारतीय बजारमा जसरी दुई कम्पनीले नयाँ विद्युतीय एसयूभीमा प्रतिस्पर्धा गर्ने अनुमान भइरहेको छ त्यस्तै प्रतिस्पर्धा नेपाली बाजरमा समेत हुनसक्छ। 

images

प्रकाशित : शनिबार, भदौ ११ २०७९०९:४९

प्रतिक्रिया दिनुहोस