शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

क्रोएसिया पठाएर कृषि फार्ममा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

images
बिहीबार , भदौ ९ २०७९
images
images
क्रोएसिया पठाएर कृषि फार्ममा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

क्रोएसियाको कृषि फार्ममा मासिक एक लाख रुपैयाँसम्म तलब हुन्छ भनी पीडितसँग ६ लाख २४ हजार लिएर ठगी गरेको

images
images

काठमाडौं (भदौ ०९)- क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ विराटनगर महानगरपालिका-१६ घर भई हाल काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई पक्राउ गरेको हो।

images
images

पक्राउ दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फार्ममा मासिक एक लाख रुपैयाँसम्म तलब हुन्छ भनी पीडितसँग ६ लाख २४ हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

images
images

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ। सोही कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ। उच्च अदालत पाटनको विभिन्न मितिमा भएको फैसलापछि फरार रुकुमपूर्वका ३१ वर्षीय अर्जुन बुढाथोकी र मकवानपुरका २८ वर्षीय सन्तोष सापकोटालाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो।

images
images
images

प्रहरीले अर्जुनलाई काठमाडौँ सुकेधाराबाट मङ्गलबार र सन्तोषलाई काठमाडौँको नयाँबानेश्वर बुद्धनगरबाट बुधबार पक्राउ गरेको हो। पक्राउ परेका अर्जुनलाई उच्च अदालतले एक करोड १९ लाख जरिवना र २४ दिन कैद सजाया साथै सन्तोषलाई दुई लाख ५९ हजार जरिवना र पाँच दिन कैद सजाया ठहर गरेको थियो। पक्राउ परेका अर्जुनलाई जिल्ला अदालत काठमाडौँमा र सन्तोषलाई जिल्ला अदालत ललितपुरमा फैसला कार्यान्वयनका लागि उपस्थित गराइएको प्रहरीले जनाएको छ। 


प्रकाशित : बिहीबार , भदौ ९ २०७९०४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend