शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

अवैध संरचना भत्काएपछि पार्किङ समस्या २५ प्रतिशत समाधान हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ८ २०७९
images
images
अवैध संरचना भत्काएपछि पार्किङ समस्या २५ प्रतिशत समाधान हुने

काठमाडौं मलको अनधिकृत रुपमा बनाइएको संरचना र न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ। यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरे पनि आजदेखि अवैध संरचना भत्काउन सुरु गरिएको हो। उक्त काम सुरु गरेसँगै आगामी दिनमा २५ प्रतिशत पार्किङको समस्या समाधान हुने कामपाले विश्वास लिएको छ।    

images
images

कामपाभित्र नक्सा पास नगरी वा पास गरिएको नक्साभन्दा विपरीत रहेर निर्माण गरिएको संरचना भत्काइएको कामपाको प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनील लम्सालले जानकारी दिए। 

images
images

सुन्धारास्थित काठमाडौं मलको अनधिकृत रुपमा बनाइएको संरचनामा बुधबार डोजर लगाएर भत्काएको छ। त्यसैगरी प्रमुख साहको उपस्तिथिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ भने आज नै दरबार मार्गमा केही त्यस्ता संरचना भत्काइने कामपाले जानकारी दिएको छ। 

images
images
images

त्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पनि पत्राचार गरेको छ। यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै लम्सालले भने, 'अब विगतमा झै मनोमानी चल्दैन यस कार्य नियमित रुपमा जानेछन्।' रासस


प्रकाशित : बुधबार, भदौ ८ २०७९१३:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend