शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

सामसङका टेलिभिजन नेपालमै एसेम्बल हुने 

images
बुधबार, भदौ ८ २०७९
images
images
सामसङका टेलिभिजन नेपालमै एसेम्बल हुने 

नेपालमा अन्य ब्रान्डका टेलिभिजन यसअघि नै एसेम्बल हुँदै आएका छन्। 

images
images

काठमाडौं- दक्षिण कोरियाली ब्रान्ड सामसङले आफ्ना टीभी नेपालमै एसेम्बल गर्ने भएको छ। 

images
images

नेपाली बजारका लागि आवश्यक टेलिभिजन डिभाइसको एसेम्बल नेपालमै गर्नका लागि नवलपरासीमा फ्याक्ट्री शिलान्यास भएको छ। 

images
images

गोल्छा समूहसँगको सहकार्यमा सामसङले नेपालमै एसेम्बल गर्नका लागि फ्याक्ट्री स्थापना गर्न लागेको छ। नेपाल प्लान्टमा सामसङले नै लगानी गर्ने भएको उद्योगले जानकारी दिएको छ। 

images
images
images

सामसङको फ्याक्ट्रीको शिलान्यास उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री  दिलेन्द्रप्रसाद बडूले गरेका छन्। 

शिलान्यास गर्दै मन्त्री बडूले सामसङको यो कदमबाट नेपालमा विदेशी लगानीसँगै प्रविधिको हस्तान्तरण हुने र यसबाट नेपाली अर्थतन्त्रमा उच्च योगदान हुने बताए। 

नेपालमा अन्य ब्रान्डका टेलिभिजन यसअघि नै एसेम्बल हुँदै आएका छन्। सामसङले कस्ता टेलिभिजनको एसेम्बल नेपालमै गर्छ भन्ने कुराको विस्तृत विवरण खुलाइएको छैन्।


प्रकाशित : बुधबार, भदौ ८ २०७९०५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend