काठमाडौं- सोमबार र मंगलबार दुई दिनसम्म घटेको सुन तथा चाँदीको मूल्य बुधबार भने बढेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँ बढेको हो।
मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको हो। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।