मंगलबार, असोज ८ गते २०८१    
images
images

प्रचण्डका घरबेटीको सैलुङसहित १० कम्पनी कालोसूचीमा 

images
बुधबार, भदौ ८ २०७९
images
images
प्रचण्डका घरबेटीको सैलुङसहित १० कम्पनी कालोसूचीमा 

एआईपीएल/सैलुङ जेभीले कयौंपटक म्याद थप गर्दासमेत बालाजु त्रिशुली सडकअन्तर्गत बालाजु रानीपौवा खण्डको सडक निर्माण गरेको छैन।

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नगर्ने १० निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा पर्ने कम्पनीमा प्रचण्डका घरबेटी सारदाप्रसाद अधिकारीको सैलुङ कन्स्ट्रक्सन कम्पनी समेत रहेको छ। 

images
images
images

सडक सुधार तथा विकास आयोजना निर्देशनायलको सिफारिस अन्तर्गतको भक्तपुर नगरकोट सिपाघाट, बालाजु त्रिशुली छहरे विदुर सडक आयोजनाको सिफारिसमा एआईपीएल/सैलुङ जेभीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको हो। 

एआईपीएल/सैलुङ जेभीले कयौंपटक म्याद थप गर्दासमेत बालाजु त्रिशुली सडकअन्तर्गत बालाजु रानीपौवा खण्डको सडक निर्माण गरेको छैन। उक्त सडक निर्माण नुहँदा स्थानीयले सास्ती पाउनुका साथै काठमाडौंको फोहर सिसडो तथा बन्चरेडाँडा पुर्‍याउनसमेत कठीन हुँदै आएको छ। 

त्यस्तै विद्युत प्राधिकरणको सिफारिसमा झोङडिङ इन्टरनेसनल इन्जिनियरिङ कम्पनी, चाङक्युङ वाङविन इलेक्ट्रिक कर्पोरेसन, महालक्षमी वायर एन्ड केवल इन्डस्ट्रिजलाई कालोसूची राखिएको छ। 

images

सुन्दर हरैचा नागरपालिकाकोृ सिफासिमा बलिया कन्स्ट्रक्सन, सहरी विकास तथा भवन निर्माण विभागको सिफारिसमा जोनसन कन्स्ट्रक्सन एन्ड सप्लायर्स, सुक्ला गण्डकीको सिफारिसमा जस्ट इन टाइम कन्स्ट्रक्सनलाई पनि कालोसूचीमा राखिएको हो।

यसैगरि अर्जुनधारा नगरपालिकाको सिफारिसमा एस्पियल ग्रुप अफ इन्जिनियर्स, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिफारिसमा सर्जिमेड डिस्ट्रिब्युटर्स र कुम्मायक गाउँपालिकाको सिफारिसमा तुम्पेहाङ निर्माण सेवालाई कालोसूचीमा राखिएको हो। यी कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखिएको छ। कालोसूचीमा रहुँन्जेल यी कम्पनीले कुनैपनि सरकारी टेन्डरमा सहभागी हन पाउने छैनन्। 


प्रकाशित : बुधबार, भदौ ८ २०७९०३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend