मंगलबार, असोज ८ गते २०८१    
images
images

नेपाली विमानस्थलबाट विदेशी नागरिकलाई तेस्राे मुलुक जान लगाइएको राेक हट्यो

images
मंगलबार, भदौ ७ २०७९
images
images
नेपाली विमानस्थलबाट विदेशी नागरिकलाई तेस्राे मुलुक जान लगाइएको राेक हट्यो

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७८ बैशाख १३ को निर्णयलाई खारेज गरेसँगै कुनै पनि विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने भएका छन्।

images
images

काठमाडौं- सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने गरि लगाएको प्रतिबन्ध हटाउन निर्णय गरेको छ।

images
images
images

२०७८ बैशाख १३ मा त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई पारगमनका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान रोक लगाएको थियो। तर विमानस्थल भित्रै ट्रान्जिट गरी जानेका लागि भने रोक लाइएको थिएन।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७८ बैशाख १३ को निर्णयलाई खारेज गरेसँगै कुनै पनि विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने भएका छन्।

कोभिड-१९ महामारीका बेला भारतीय नागरिक नेपाल आएर साउदी अरेबिया जाने क्रम बढेपछि सरकारले उक्त निर्णय गरेको थियो। पर्यटन व्यवसायीले भने यो निर्णय खारेज गर्न माग गर्दै आएका थिए।

images

साेमबारकाे मन्त्रिपरिषद बैठकले सो निर्णय खारेज गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए। 


प्रकाशित : मंगलबार, भदौ ७ २०७९११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend