काठमाडौं- आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार र मंगलबार लगातार दुई घटेको छ। सोमबार सुन प्रतितोला २ सय रुपैयाँ र मंगलबार प्रतितोला ३ सय रुपैयाँ घटेको हो।
सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ घटेर ९५ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्इ पनि प्रतितोला ५ रुपैयाँ घटेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपौयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।