काठमाडौं- एनएमबी बैंकले छ वटा प्रदेशमा एउटा शाखामा महिला म्यानेजर राख्न सफल भएको छ।
बैंकले उक्त शाखामा कर्मचारी पनि महिलामात्र भएको बताएको छ। देशभर छ वटा यस्ता शाखा रहेका छन् जसमा म्यानेजर पनि महिला र कर्मचारी पनि महिला मात्र।
बैंकभित्र महिला सशक्तिकरणलाई प्रबर्द्धन गर्नका लागि यस्तो कदम चालिएको बैंकले जानकारी दिएको छ।
बैंकले प्रत्येक प्रदेशमा एउटा शाखालाई महिलामैत्री नमुनाका रुपमा स्थापित गर्दै घोषणा गरेको छ। बैंकले आफ्नो शाखा पुगेका प्रत्येक प्रदेशमा यस्तो शाखाको संख्या बढाउँदै जाने प्रतिबद्धतता जनाएको छ।
क्र.स. |
प्रदेश |
शखा |
१ |
प्रदेश १ |
टंकिसिनुवारी |
२ |
मधेस प्रदेश |
महोत्तरी |
३ |
बागमती प्रदेश |
बल्खु |
४ |
गण्डकी प्रदेश |
चाउथे |
५ |
लुम्बिनि प्रदेश |
भलवारी |
६ |
सुदूरपश्चिम प्रदेश |
धनगढी |