काठमाडौं- सरकारले २४ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट २४ जना सहसचिवको एकैपटक सरुवा गरिएको हो।
संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै राजपत्रांकित प्रथम श्रेणीका सहसचिव वा सो सरह पदका कर्मचारीको सरुवा गरेका हुन्।
कर्णाली प्रदेशको अर्थ मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ल्याइएको छ। त्यस्तै लुम्बिनी प्रदेशको अर्थमन्त्रालयमा रहेका नारायणप्रसाद सापकोटालाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ।
यी हुन् सरुवा भएका अन्य सहसचिव र कायम भएको नयाँ कार्यालय