मंगलबार, असोज ८ गते २०८१    
images
images

पार्किङका लागि बनाइएका स्थानमा समेत पसल, महानगरले सुरु गर्‍यो कारबाही

images
सोमबार, भदौ ६ २०७९
images
images
पार्किङका लागि बनाइएका स्थानमा समेत पसल, महानगरले सुरु गर्‍यो कारबाही

महानगरपालिकाले ३५ दिनअघि नै अण्डरग्राउण्डका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न सूचना निकालेको थियो।

images
images

काठमाडौं- ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर नक्सा पास गरी बनाएका व्यवसायिक भवनहरूको अनुमगमन गर्दै काठमाडौं महानगरपालिकाले कारबाही सुरु गरेको छ।  

images
images
images

घरधनीहरूले अण्डरग्राउण्डमा पार्किङको व्यवस्था गर्ने भनेर नक्सापाससहित घर बनाए पनि पार्किङ भनिएको स्थानमा समेत पसल थापिरहेका छन्। महानगरपालिकाले ३५ दिनअघि नै अण्डरग्राउण्डका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न सूचना निकालेको थियो। जसमा अटेरी गरेको पाइएपछि सोमबार महानगरले कारबाही सुरु गरेको हो। 

underground parking (1).jpg

नयाँ बानेश्वर क्षेत्रमा रहेका त्यस्ता भवनहरूमा सोमबार ‘अण्डर ग्राउण्ड पार्किङ’ खुलाउनका लागि त्यहाँ बनाइएका पसलहरू महानगरले हटाउन थालेको छ। नयाँ बानेश्वरमा ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएका करिब २० वटा घरहरू रहेको महानगरले जनाएको छ।

अनुगमनमा गएका काठमाडौं महानगरपालिकाका मेयरसहितको टोलीले केही घरधनीलाई मंगलबारसम्म पार्किङ गर्नुपर्ने स्थान खाली गर्न निर्देशन दिएको छ भने केही स्थानमा भने संरचना र सटरसमेत भत्काइएको छ। 

images
underground parking (4).jpg

'हामीले आज बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौँ। विस्तारै सबैतिर महानगर पुग्नेछ। यसैले हामी अनुरोध गर्दछौँ कि पार्किङका लागि बनाइएका संरचनाहरू पार्किङमा नै प्रयोग गरिदिनुहोला', मेयर बालेनले भनेका छन्, 'यसो भएमा ;हरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ, सडकमा पार्किङ गर्नु पर्ने बाध्यता कम हुनेछ भने महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ।'

underground parking (2).jpg


प्रकाशित : सोमबार, भदौ ६ २०७९१३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend