काठमाडौं- व्यक्तिगत निक्षेप खातामा रहेको पाँच लाख रुपैयाँसम्म बचतको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्ने भएको छ।
यसअघि २ लाखसम्मको सुरक्षण हुने भएकोमा यही वर्षदेखि पाँच लाखसम्मको सुरक्षण हुने भएको छ।
निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ को दफा १९ को उपदफा २ को व्यवस्था बमोजिम यस्तो सीमा परिमार्जन गरिएको हो।
कोषको सदस्य संस्थामा रहेको निक्षेप खातामा यस्तो सुरक्षण हुने व्यवस्था रहेको छ।