मंगलबार, असोज ८ गते २०८१    
images
images

'ऊर्जामा नेपाल, भारत र बंगलादेश सहकार्य गरेर अगाडि बढ्नुपर्छ'

images
सोमबार, भदौ ६ २०७९
images
images
'ऊर्जामा नेपाल, भारत र बंगलादेश सहकार्य गरेर अगाडि बढ्नुपर्छ'

नेपालसँग जलविद्युत् पर्याप्त रहेको र मित्रराष्ट्र बंगलादेशलाई स्वच्छ ऊर्जाको आवश्यकता परेको वर्तमान अवस्थामा त्यसका लागि नेपाल, भारत र बंगलादेशमाझ सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा रहेको बंगलादेशको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। बुधबारदेखि काठमाडौँमा हुने नेपाल–बंगलादेशको संयुक्त निर्देशक समितिको बैठकका लागि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज मन्त्री भुसालसँग मन्त्रालयमा भेटवार्ता गरेको हो।

images
images
images

भेटमा मन्त्री भुसालले दुई देशबीच हुने नियमित बैठकले अनुभव आदानप्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरिन्। उनले नेपालसँग जलविद्युत् पर्याप्त रहेको र मित्रराष्ट्र बंगलादेशलाई स्वच्छ ऊर्जाको आवश्यकता परेको वर्तमान अवस्थामा त्यसका लागि नेपाल, भारत र बंगलादेशमाझ सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। मन्त्री भुसालले बुधबारदेखि हुने संयुक्त बैठकमा सो विषयमा विचारविमर्श हुने विश्वाससमेत व्यक्त गरिन्।

ऊर्जा क्षेत्रको उत्पादन, प्रसारणलाइनको निर्माण र व्यापारका लागि बंगलादेश, भुटान, भारत र नेपाल(बिबिआइएन) माझ सहकार्य हुँदा सदस्य मुलुकलाई फाइदा पुग्ने उल्लेख गर्दै उनले बिबिआइएनलाई सक्रिय तुल्याउन बंगलादेशले महत्वपूर्ण पहल लिन सक्ने बताइन्।

सो अवसरमा बंगलादेशका पावर, इनर्जी एन्ड मिनिरल रिसोर्सेस मन्त्रालयका सचिव महोमद हबिबुर रहेमानले नेपालमा उत्पादन भएको स्वच्छ ऊर्जा आफ्नो देशका लागि आवश्यक भएको बताए। उनले आफूहरु नेपालको विद्युतीय ऊर्जा बंगलादेश लैजान चाहेको बताए। उनले नेपाल, भारत र बंगलादेशमाझ सहकार्य गरेर विद्युत् आफ्नो देशमा लैजान पहल गरिरहेको जानकारी गराए।

images

 बैठकमा ऊर्जा सचिव सुशीलचन्द्र तिवारी, सहसहिच मधु भेटुवाल, बाबुराम भण्डारीसहित परराष्ट्र प्रतिनिधिको सहभागिता थियो। 


प्रकाशित : सोमबार, भदौ ६ २०७९१२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend