शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

यी हुन् लगानी विस्तारदेखि नयाँ उद्योग सञ्चालनका लागि अनुमति पाउने २० उद्योग

६ मदिरा, २ सुर्तीजन्य र १२ क्रसर उद्योग

images
सोमबार, भदौ ६ २०७९
images
images
यी हुन् लगानी विस्तारदेखि नयाँ उद्योग सञ्चालनका लागि अनुमति पाउने २० उद्योग

बोर्डको बैठकले १२ वटा क्रसर उद्योगलाई अनुमति दिएको छ।

images
images

काठमाडौं- औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको बैठकले ५ वटा मदिरा उत्पादन गर्ने उद्योगको क्षमता विस्तार तथा एउटाको अनुमति म्याद थप गरेको छ।

images
images

झन्डै एक वर्ष पछि बसेको बोर्डको २३६ औँ बैठकले कुल २० वटा उद्योमगमा लगानी विस्तार तथा नयाँ अनुमति दिन र अनुमतिको म्याद थप गर्ने निर्णय गरेको थियो। साउन १९ गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको अध्यक्षतामा बोर्डको बैठक बसेको थियो। बोर्डले गरेको निर्णय उद्योग विभागले भदौ ६ गते सोमबार सार्वजनिक गरेको छ।

images
images

जसमा बियर उत्पादन गर्ने साउथ एसियन ब्रुअरी प्रालिको अनुमतिको म्याद थपको स्वीकृति भएको छ।

images
images
images

यसैगरी अरुणा डिष्टिलरी प्रालि, नेचुरल स्पिरिट्स प्रालि, छिन्नमस्ता डिष्टिलरी प्रालि, न्यू एभरेष्ट डिष्टिलरी उद्योग प्रालि र यति डिष्टिलरीको पुँजी तथा क्षमता विस्तार गर्न स्वीकृति भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

यसैगरी बोर्डको बैठकले ग्रिन टोबाको कम्पनी प्रालि र सिमला सुर्ती प्याकिङ उद्योगको पुँजी तथा क्षमता विस्तार गर्न स्वीकृति दिएको हो।

१२ नयाँ क्रसर उद्योगलाई अनुमति

बोर्डको बैठकले १२ वटा क्रसर उद्योगलाई अनुमति दिएको छ।

१. ढुंगा क्रसिङ गरी रोडा/गिट्टि उत्पादन गर्ने उद्देश्यको (राम हनुमान क्रसर उद्योग प्रालि) स्थापनाको अनुमति

२. बालुवा प्रशोधन गर्ने उद्देश्यको उद्योग (अलपदेवी बालुवा प्रशोधन केन्द्र प्रालि) स्थापना गर्न अनुमति

३. ढुंगा क्रसिङ गरि रोडा/गिट्टी उत्पादन गर्ने उद्देश्यको ग्लोबल कंक्रिट इण्डष्ट्रिज प्रालि स्थापना गर्न अनुमति

४. बालुवा प्रशोधन गर्ने उद्देश्यको शेरु एग्रिगेट प्रालि नामक उद्योग स्थापना गर्न अनुमति

५. बालुवा प्रशोधन गर्ने उद्देश्यको नारायणी बालुवा प्रशोधन उद्योग नामको उद्योग स्थापना गर्न अनुमति

६. क्रसर उद्योग संचालन गर्ने (बडीमालिका क्रसर उद्योग प्रालि) स्थापना गर्न अनुमति

७. बालुवा प्रशोधन गर्ने उद्देश्यको (कङ्कालिनी बालुवा प्रशोधन तथा क्रसर उद्योग प्रालि) उद्योग स्थापना गर्न अनुमति

८. ढुङ्गा, गिट्टी उत्पादन गर्ने उद्देश्यको (आश्रय अस्फाल्ट एण्ड क्रसर प्रालि) उद्योग स्थापना गर्न अनुमति

९. बालुवा प्रशोधन गर्ने उद्देश्यको (चन्द्र मैन वासिङ उद्योग) उद्योग स्थापना गर्न अनुमति

१०. क्रसर तथा बालुवा प्रशोधन गर्ने शिवम क्रसर उद्योगको अनुमति

११. क्रसर तथा बालुवा प्रशोधन गर्ने मा भगवती स्टोन मिल्स एग्रिगेट प्रा.लिको अनुमति

१२. बालुवा प्रशोधन गर्ने कान्तिपुर वासिङ उद्योगको अनुमति


प्रकाशित : सोमबार, भदौ ६ २०७९१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend