शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

मिटरब्याजी अनुरुदको ससुरालीबाट ७१ लाख बढीको कपाली तमसुक बरामद

'१२ गुणा बढीको कागज बनाउनेदेखि ब्याज माफीका लागि यौन प्रस्ताव'

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ६ २०७९
images
images
मिटरब्याजी अनुरुदको ससुरालीबाट ७१ लाख बढीको कपाली तमसुक बरामद
फाइल तस्बिर।

शनिबार पक्राउ परेका उनको ससुराली घरबाट ७१ लाख ४४ हजार ३ सय ५० रुपैयाँको ९ थान कपाली तमसुक बरामद भएको हो।

images
images

महोत्तरी- जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको मिटरब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ।

images
images

प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर २० लाख ३३ हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट  प्राप्त भएको र त्यसपछि उनी पछि फरार भएका थिए।  

images
images

शनिबार पक्राउ परेका उनको ससुराली घरबाट ७१ लाख ४४ हजार ३ सय ५० रुपैयाँको ९ थान कपाली तमसुक बरामद भएको हो।
 
महोत्तरी र धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको नौ थान कपाली तमसुक प्रहरीले साह बस्दै आएको धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–७ ससुराली घरबाट बरामद गरेको हो। उनले ५० हजार रुपैयाँका नौ लाखसम्मको कागज बनाएको, कतिको १२ गुणा बढीको कागज बनाएको र कतिलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौँ बढी व्यक्तिको थातथलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाले उजुरी गरेका थिए । 
 
यसैगरी  निज  साह उपर २०७७ माघ २९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले ४२ लाख ९२ हजार १ सय ९० रुपैयाँ बराबरको बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दायर गरेकामा उनलाई अदालतले १ लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको थियो। सो मुद्दा अझै पनि अदालतमा बिचाराधीन छ।

images
images
images

मिटर ब्याजी साहलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिबार साँझ ७ बजेतिर भङ्गाहा नगरपालिका–५ बाट पक्राउ गरिएकामा जिल्ला अदालतबाट म्याद थप गराइ हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ।  

त्यस्तै साहविरुद्ध आर्थिक शोषण तथा ठगीमा परेका थप व्यक्तिसँग उजुरी लिने क्रम पनि भइरहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए।  


प्रकाशित : सोमबार, भदौ ६ २०७९०८:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend