काठमाडौं- सोमबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आइतबारको तुलनामा सुन प्रतितोला २ सय र चाँदी ५ रुपैयाँ घटेको हो।
आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारका लागि छाापावाल सुन प्रतितोला २ सय रुपैयाँ घटेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ।
सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेर ११ सय ६५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।