शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय मंगलबार

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ५ २०७९
images
images
कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय मंगलबार

यो मुद्दामा फैसला नहुँदा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ।

images
images

काठमाडौं- सर्वोच्च अदालतले आइतबार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी मंगलबार सुनाउने भएको छ।

images
images

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो। 

images
images

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मंगलबारका दिन निर्णय सुनाउने मिति तय भएको हो।

images
images
images

यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो। कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आइतबार मिति तोकिएको थियो। यो मुद्दामा फैसला नहुँदा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ। रासस


प्रकाशित : आइतबार, भदौ ५ २०७९१२:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend