शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

एटीएम फोडेर रकम चोरीको घटना बढेसँगै एटीएम मेसिन सुरक्षित राख्न देशभर परिपत्र

images
आइतबार, भदौ ५ २०७९
images
images
एटीएम फोडेर रकम चोरीको घटना बढेसँगै एटीएम मेसिन सुरक्षित राख्न देशभर परिपत्र

सम्बन्धित प्रहरी कार्यालयले बैंक तथा बैंकका शाखाहरुसँग समेत समन्वय गरेर काम गर्न निर्देशन दिइएको छ। 

images
images

काठमाडौं- एटीएम बुथ फोडेर रकम चोरी हुने घटना बढेको भन्दै एटीएम मेसिन सुरक्षित राख्न प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको छ। 

images
images

एटीएम मेसिन फोडेर चोरी हुने क्रम बढेको भन्दै आफू मातहत तथा आफ्नो क्षेत्रको एटीएम बुथलाई सुरक्षित राख्न भन्दै हेडक्वाटरले परिपत्र गरेको हो। 

images
images

यस सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले बैंक तथा बैंकका शाखाहरुसँग समेत समन्वय गरेर काम गर्न निर्देशन दिइएको छ। 

images
images
images

कास्कीमा साउन ३ गते एकै दिन एनएमबी र एनआईसी एसिया बैंकका एटीएम बुथ फोडेर रकम चोरी भएको थियो। उक्त घटनामा एटीएम मेसिन भेण्डरको प्रतिवेदनमा एनएमबी बैंकको एटीएम मेसिनको चाबी पूर्ण रुपमा बन्दसमेत नभएको उल्लेख गरिएको थियो। त्यसपछि प्रहरी हेडक्वाटरले एटीएम बुथ सुरक्षार्थका लागि देशभरका प्रहरी कार्यालयलाई परिपत्र गरेको हो।

 


प्रकाशित : आइतबार, भदौ ५ २०७९१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend