शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

लक्ष्मी हुन्डाईको हरित इनिसिएटिभ  

images
आइतबार, भदौ ५ २०७९
images
images
लक्ष्मी हुन्डाईको हरित इनिसिएटिभ  

हुन्डाई नेपालको बीई(भी) द चेन्ज हुन्डाई मोटर कम्पनीको पर्यावरणमैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याइएको हो।

images
images

काठमाडौं- हुन्डाई नेपालले बीई(भी) द चेन्ज अभियान अन्तर्गत रातोमाटे डाँडा, चुनिखेलमा शनिबार वृक्षरोपण गरेको छ। रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको उक्त कार्यक्रममा ईभीका विभिन्न उमेर समुहका करिब १५० जनाको सहभागीता रहेको थियो। 

images
images

हुन्डाई कोना र आयोनिक फाइभ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट बुढानिलकण्ठसम्म गएको थियो। हुन्डाई नेपालको बीई(भी) द चेन्ज हुन्डाई मोटर कम्पनीको पर्यावरणमैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याइएको हो।

images
images

बीई(भी)  अर्थात ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटिको पर्याय बनेको आजको समयमा नयाँ अभियानले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

images
images
images

बीई(भी) द चेन्ज  अभियान अन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्षरोपणले साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आसा कम्पनीले राखेको छ। त्यस्तै आगामी दिनमा पनि कम्पनीले यो अभियान अन्तर्गत पर्यावरण दिगोपन सम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने धेय राख्ने कम्पनीले जनाएको छ।  

गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ।

हुन्डाई मोटर कम्पनीले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा 'गोल अफ द सेन्चुरी' नामक विश्वव्यापी अभियान सुरु गरेको थियो। यस अभियानले फुटबलको विश्वव्यापी आकर्षण मार्फत फुटबल प्रेमीहरू र अन्यलाई पनि दिगोपनको अभ्यासमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ।


प्रकाशित : आइतबार, भदौ ५ २०७९०८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend