काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने घटेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार पनि छापावाल सुनको मूल्य त्यति नै कायम भएको छ।
यता चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँ घटेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।