मंगलबार, असोज ८ गते २०८१    
images
images

बजेटमा उल्लेख नभएका र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नगर्न निर्वाचन आयोगको निर्देशन

images
आइतबार, भदौ ५ २०७९
images
images
बजेटमा उल्लेख नभएका र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नगर्न निर्वाचन आयोगको निर्देशन
images
images

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरू सञ्चालन नगर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन सहित सर्कुलर गरेको छ।

images
images
images

प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन मंसिर ४ गते आइतबारका दिन एकै चरणमा हुने गरी घोषणा भई निर्वाचनको तयारीका कार्यहरू भैरहेको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम सञ्चालन नगर्न आयोगले पत्रचार गरेको हो।

साथै आयोगले बजेटमा नतोकिएका कनै पनि नयाँ आयोजना तथा कार्यक्रमहरू सञ्चालन तथा कार्यान्वयन नगर्न नगराउन नेपाल सरकार, ७ (सात) वटै प्रदेश सरकार र ७५३ (सात सय त्रिपन्न) वटै स्थानीय तहलाई निर्देशन दिएको छ।


प्रकाशित : आइतबार, भदौ ५ २०७९०४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend