मंगलबार, असोज ८ गते २०८१    
images
images

विदेशी मुद्रा सञ्चितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

images
शनिबार, भदौ ४ २०७९
images
images
विदेशी मुद्रा सञ्चितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

उनले कृषिको विकास तथा यस क्षेत्रको समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रुपमा आफूले पहल गर्ने बताए।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा संचितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन्।  

images
images
images

नेपाल कुचो संघको प्रथप वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा शनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले मुलुकमा देखिएको विदेशी मुद्रा सञ्चितिको समस्या समाधान गर्न कृषि उपजको उत्पादन तथा निर्यात बढाउनुपर्ने बताएका हुन्। 

'कृषि उपजहरुको उत्पादन तथा निर्यात बढाउन सकियो भने मात्र हाम्रो आर्थिक गतिविधि चलायमान हुन्छ। यसले एकातर्फ हाम्रो आयात प्रतिस्थापन गर्न सहयोग पुग्छ भने अर्कोतर्फ निर्यात बढाई विदेशी मुद्रा सञ्चितिमा समेत सहयोग पुग्छ,' उनले भने।  

उनले कृषिको विकास तथा यस क्षेत्रको समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रुपमा आफूले पहल गर्ने बताए। 'यस क्षेत्रबाट मात्र औपचारिक तथा अनौपचारिक रुपमा लगभग ४ अर्ब रुपैयाँको निर्यात भएको भन्ने सुनेको छु। यसलाई अझ बढाउन आवश्यक छ। तपाईहरुले यस क्षेत्रका समस्याहरु लिखितरुपमै तयार गरेर आउनुभयो भने म नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रुपमा महासंघको तर्फबाट नेपाल सरकार तथा सरोकारवाला निकायसँग छलफल गरी तपाईहरुका समस्या समाधान गर्न तयार रहनेछु,' उनले भने। 

images

नेपाल भूपरिवेष्ठित मुलुक भएको हुनाले नेपालले कुनै पनि वस्तु आयात तथा निर्यात गर्दा समस्या रहेको उनको भनाइ छ। वरिष्ठ उपाध्यक्ष ढकालले नेपाल अहिले रेमिट्यान्समा आश्रित रहेको बताउदै कृषि, पर्यटन तथा जलविद्युत क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए।  

'कृषि उपजलाई निर्यात गर्ने, पर्यटनलाई प्रबद्र्धन गर्ने र जलविद्युत उत्पादन गरी निर्यात गर्ने जस्ता तीन वटा मात्र काममा फोकस गर्न सकेमा नेपालले अहिलेको जस्तो रेमिट्यान्स क्षेत्रको मात्र भर पर्न नपर्ने हुन्छ,' उनले भने। वरिष्ठ उपाध्यक्ष ढकालले संघको प्रथम वार्षिक साधारणसभाको सफलताको कामना गर्दै संघको साधारणसभाबाट सक्षम र क्रियाशिल नेतृत्व चयन हुने विश्वास समेत व्यक्त गरे। 


प्रकाशित : शनिबार, भदौ ४ २०७९१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend