मंगलबार, असोज ८ गते २०८१    
images
images

२०२१ मा विश्वले सैन्य क्षेत्रमा खर्चियो २१ सय अर्ब डलर 

पहिलोमा अमेरिका, दोस्रो र तेस्रोमा नेपालका दुई छिमेकी

images
शनिबार, भदौ ४ २०७९
images
images
२०२१ मा विश्वले सैन्य क्षेत्रमा खर्चियो २१ सय अर्ब डलर 

सैन्य क्षेत्रमा दोस्रो ठूलो खर्च गर्ने देश चीनले अमेरिकाको आधाभन्दा कममात्र खर्च गरेको छ। अमेरिकाले विश्वको कुल सैन्य खर्चको ३८ प्रतिशत खर्च गर्दा दोस्रो धेरै खर्चने चीनले १४ प्रतिशत खर्चेको छ। 

images
images

काठमाडौं- विश्वका शक्तिशाली देशहरु नयाँ प्रविधिको आविस्कार, व्यापार, सहयोगलगायतमा मात्र होइन सैन्य शक्तिमा पनि प्रतिस्पर्धा गरिहहेका छन्। विश्वका ठूला देशहरुले सैन्य शक्ति विकास गर्नसमेत वर्षेनी ठूलो धनराशि खर्च गरिरहेका छन्। 

images
images
images

२०२१ मा विश्वले सैन्य क्षेत्रमा गर्ने खर्च २.१ ट्रिलियन अर्थात २ हजार १ सय अर्ब अमेरिकी डलर नाघेको छ। यो रकम मुख्य गरि आर्मीको वृत्तिविकास, विस्तार तथा हतियारमा खर्च भएको हो। 

सैन्य क्षेत्रमा सबैभन्दा बढी खर्चने मुलुक अमेरिका हो। अमेरिकाले २०२१ मा विश्वले खर्चने कुल रकमको ३८ प्रतिशत एकैले खर्च गरेको तथ्यांक छ। सो वर्ष अमेरिकाले सैन्य क्षेत्रमा ८ सय १ अर्ब डलर खर्च गरेको हो।

अमेरिकाले विगत २ दशकयता सैन्य क्षेत्रमा विश्वले खर्चने कुल रकमको ३० प्रतिशतभन्दा बढी नै खर्च गर्दै आएको छ। विश्वका १० देश बाहेक बाँकी देशले गर्ने सैन्य खर्च अमेरिकाको भन्दा निक्कै कम रहेको स्टकहाल इन्टेरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई)ले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 

images

अमेरिकाले २०२० को तुलनामा २०२१ मा सैन्य क्षेत्रमा गर्ने गर्च २२.३ अर्ब डलर बढाएको हो। २०१७ मा अमेरिकाले सैन्य क्षेत्रमा ६ सय ४७ अर्ब डलर मात्र अर्च गरेको थियो। 

अमेरिकापछि सैन्य क्षेत्रमा दोस्रो धेरै खर्चने मुलुक चीान हो भने तेस्रोमा भारत रहेको छ। २०२१ मा सैन्य क्षेत्रमा चीन र भारतले क्रमशः २ सय ९३.४ अर्ब र ७६.६ अर्ब डलर खर्च गरेका हुन्। 

यसैगरि चौथो धेरै खर्चने मुुलुकमा बेलायत रहेको छ, उसले २०२१ मा ६८.४ अर्ब डलर खर्चिएको हो। पाँचौं नम्बरमा रहेको रसियाले २०२१ मा सैन्य क्षेत्रमा ६५.९ अर्ब डलर खर्च गरेको छ। 

धेरै खर्चने पाँच मुलुकमध्ये रसिया बाहेक सबै देशको सैन्य खर्च बढेको तथ्यांक छ। तर रसियाले २०१७ मा ६६.९ अर्ब डलर खर्चिएकोमा २०२१ मा ६५.९ अर्ब डलरमा सीतित भएको हो। २०२० मा त रसियाले ६१.७ अर्ब डलरमात्र खर्च गरेको थियो। 

सैन्य क्षेत्रमा दोस्रो ठूलो खर्च गर्ने देश चीनले अमेरिकाको आधाभन्दा कममात्र खर्च गरेको छ। अमेरिकाले विश्वको कुल सैन्य खर्चको ३८ प्रतिशत खर्च गर्दा दोस्रो धेरै खर्चने चीनले १४ प्रतिशत खर्चेको छ। 

संख्यात्मक हिसाबमा चीन विश्वको सबैभन्दा धेरै सक्रिय सैनिक भएको देश हो। चीनले पछिल्लो एक दशकमा सैन्य क्षेत्रमा गर्ने खर्च दोबर बनाएको छ। 

रसियाले सैन्य क्षेत्रमा जीडीपीको ४.१ प्रतिशत खर्च गरेको हो। त्यस्तै साउदी अरबले २०२१ मा जीडीपीको ६.६ प्रतिशत बराबर रकम सैन्य क्षेत्रमा खर्चिएको एसआईपीआरआईको तथ्यांकमा आधारित रहेको भिजुअलक्यापिटालिस्टले उल्लेख गरेको छ। 

रसिया र युक्रेनबीचको युद्धले समेत २०२२ मा विश्वको सैन्य खर्च बढ्ने अनुमान गरिएको छ। २०२२ को फेब्रुअरीदेखि सुरु भएको दुई देशबीचको युद्धमा अमेरिकाले मात्र युक्रेनलाई ८.२ अर्ब डलर बराबरको सैन्यलगायत अन्य सहयोग गरिसकेको छ। यो युद्धमा चीन र रसिया एक ठाउँमा छन्। त्यस्तै भारत, बेलारुस, मंगोलिया र ताजिकिस्तान भने तटस्थ रहेका छन्।

त्यसैगरि २०२१ मा धेरै सैन्य खर्च गर्ने मुलुकको छैटौं स्थानमा रहेको फ्रान्सले ५६.६ अर्ब, सातौंमा रहेको जर्मनीले ५६ अर्ब, आठौंमा रहेको साउदी अरबले ५५.६ अर्ब, नवौंमा रहेको जापानले ५४.१ अर्ब र दशौं स्थानमा रहेको दक्षिण कोरियाले ५०.२ अर्ब डलर खर्च गरेका हुन्। 

सैन्य क्षेत्रमा २०२१ मा भएको कुल खर्चमध्ये १ हजार ५ सय ६४ अर्ब डलर १० देशले खर्च गर्दा बाँकी देशले ५ सय ३६ अर्ब डलर मात्र खर्च गरेका छन्। यो भनेको कुल खर्चको २५.३ प्रतिशतमात्र हो। १० देशकले कुल खर्चको ७४.७ प्रतिशत खर्च गरेका हुन्। 


प्रकाशित : शनिबार, भदौ ४ २०७९०८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend