मंगलबार, असोज ८ गते २०८१    
images
images

पाकिस्तानले विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ३ २०७९
images
images
पाकिस्तानले विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मागअनुसार प्रतिबन्ध लगाइएको र अन्तर्राष्ट्रिय समुदायको आह्वानका कारण हटाइएको

images
images

इस्लामाबाद (रासस/एएनआई) - पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैरआवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्।

images
images
images

मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो। प्रतिबन्ध लगाइएको अवस्थामा शेहबाज सरिफ सरकारले मुख्यतया जनसङ्ख्यालाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउने विषयमा सोचिरहेको इस्माइलले बताएका छन्। 

पाकिस्तानका सङ्घीय मन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मागअनुसार प्रतिबन्ध लगाइएको र अन्तर्राष्ट्रिय समुदायको आह्वानका कारण हटाइएको बताए। 

कार, मोबाइल फोन, इलेक्ट्रोनिक उपकरणका साथै माछा र मासुलगायत पूर्ण रूपमा निर्मित वस्तुहरूको आयात घटाउन सरकारले धेरै वस्तुहरूमा उच्च भन्सार लगाउने इस्माइलले बताएका छन्। 

images


प्रकाशित : शुक्रबार, भदौ ३ २०७९१२:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend