बिहीबार , वैशाख ६ गते २०८१    
images
images

चिनियाँ कार उत्पादकले नपाएको जीएमको महाराष्ट्र प्लान्ट महिन्द्राले किन्दै, विद्युतीय कार बनाउने

images
images
चिनियाँ कार उत्पादकले नपाएको जीएमको महाराष्ट्र प्लान्ट महिन्द्राले किन्दै, विद्युतीय कार बनाउने

एमजीले प्रस्ताव गरेपनि ग्रेटवालको लगानी स्वीकृत नभएकाले जीएमले प्लान्ट एमजीलाई दिने विषयलाई प्राथमिकता दिने छैन। त्यसैले सो प्लान्ट खरिद गर्न महिन्द्रालाई केही सहज हुनेछ।

images
images

काठमाडौं- अमेरिकी कार उत्पादकहरुले विगतमा भारतमा कार उत्पादन प्लान्ट स्थापना गरेर भारत तथा एसियाली बजारमा कार बिक्री गर्दै आएका थिए। समयक्रमसँगै भारतमै र भारतबाहिर समेत प्रतिस्पर्धा गर्न कठीन भएर घाटा बेहोर्न लालेपछि उनीहरु धमाधम बाहिरिँदै गएका छन्। 

images
images
images

अमेरिकी कार उत्पादक कम्पनीहरु भारतबाट बाहिरिँदा त्यसको लाभ चिनियाँ कार उत्पादकहरुले लिँदै थिए। जनरल मोटरको एउटा प्लान्ट चिनियाँ स्वामित्वको बेलायती ब्रान्ड एमजी मोटर्सले लियो। त्यस्तै एमजीकै महाराष्ट्रमा रहेको अर्को प्लान्ट समेत चिनियाँ कार उत्पादक ग्रेटवाल मोटर्सले लिने सम्झौता गरेको थियो। तर भारत सरकारले चिनियाँ कम्पनीको एफडीआई स्वीकृत नगर्दा ग्रेटवालले जीएमलाई तोकिएको समयमा भुक्तानी गर्न सकेन र सम्झौता गएको जुन अन्त्यमा रद्द भयो। 

images

त्यस्तै अर्को अमेरिकी कार उत्पादन फोर्डले पनि भारत छाडिसकेको छ। फोर्डको गुजरात प्लान्ट किन्न चिनियाँ कम्पनी कम्मर कसेर लागि गरेका थिए। तर चिनियाँ कम्पनीलाई भारत सरकारले सहजीकरण नगरेको जीएमको प्लान्ट खरिदको विषयपछि फोर्डले भारतीय कम्पनीलाई नै बिक्री गर्ने इच्छा देखाएको थियो। टाटा मोटर्सले पनि प्यासेन्जर कार विस्तारको योजना बनाएकाले टाटाले नै फोर्डको गुजरात प्लान्ट खरिद गरेको हो। 

images

ग्रेटवालले ठूलो प्रयासमा किन्न नसकेको जीएमको महाराष्ट्रको तेलगाउँमा रहेको प्लान्ट खरिद गर्नका लागि भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा घनिभुत रुपमा लागि गरेको द इकोनोमिक टाइम्सले लेखेको छ। महिन्द्राका उच्चपदस्थले निरन्तर तलेगाउँको प्लान्ट भ्रमण गरिरहेका छन्। त्यसैगरि जीएम र महाराष्ट्र सरकारसँग पनि महिन्द्राले छलफल गरिरहेको छ। 

images
images

तलेगाउँ प्लान्ट खरिद गर्ने इच्छा एमजीले पनि देखाएको छ। तर चिनियाँको स्वामित्वमा रहेको एमजीले उक्त प्लान्ट पाउन कठीन छ। एमजीले पनि चीनबाट एफडीआई ल्याउनु पर्ने भएकाले त्यो स्वीकृत हुन सहज छैन। 

एमजीले प्रस्ताव गरेपनि ग्रेटवालको लगानी स्वीकृत नभएकाले जीएमले प्लान्ट एमजीलाई दिने विषयलाई प्राथमिकता दिने छैन। त्यसैले सो प्लान्ट खरिद गर्न महिन्द्रालाई केही सहज हुनेछ। 

जीएम इन्डियाका प्रवक्ताले प्लान्ट महिन्द्रा वा एमजीले किन्ने बारेमा केही नबताएपनि प्लान्ट बिक्री गर्ने योजना भने खुला नै रहेको बताएका छनु्। महेन्द्रासँग जीएमको डिल मिलेमा अमेरिकी कार उत्पादकलाई आफ्नो लगानी भारतबाट फिर्ता लैजान सगाउनु दोस्रो भारती कम्पनी हुनेछ। 

फोर्ड र जीएमले भारतीय कार बजारलाई उत्पादनका हिसाबले पुरै छाडेका हुन्। फोर्डले भारत छाड्ने घोषणा गरेको एक वर्षमै प्लान्ट खरिदकर्ता पायो भने जीएमले हालसम्म पाउन सकेको छैन। जीएमले भारत छाडेको ५ वर्ष भइसकेको छ। 

टाटा मोटर्सले फोर्ड गुजरात प्लान्ट १० करोड अमेरिकी डलरमा खरिद गरेको हो भने जीएमले महाराष्ट्र प्लान्ट ६ देखि साढे ७ करोड अमेरिकी डलरमा महिन्द्रालाई छाड्न सक्छ। जीएमको सो प्लान्ट उत्पादन गर्न सक्ने अवस्थामै रहेको कम्पनीको भनाइ छ। जीएमले २०२० को डिसेन्बरसम्म निर्यात प्रयोजनका लागि महाराष्ट्र प्लान्टबाट कार उत्पादन गरिरहेको थियो। जीएमको प्लान्ट अहिलेपनि तत्काल कार उत्पादन गर्न सक्ने गरि मेन्टेन गरिएको र स्टेट अफ दि आर्ट औद्योगिक फ्रेम भित्रै रहेको जीएमका प्रवक्ताले बताएका छन्।  

महिन्द्राले जीएमको सो प्लान्ट खरिद गरेमा प्लासेन्जर कार उत्पादनमा ठूलो फड्को मार्न सक्छ। हाल महिन्द्राको एक्सयूभी ७०० र स्कर्पियो एनको बुकिङ उल्लेख्य भएकाले उपभोक्ताले कार पाउन एक वर्षभन्दा बढी समय पर्खिनु परिरहेका छ। 

वार्षिक २ लाख ५० हजार कार उत्पादन गर्ने प्लान्ट स्थापना गर्न करिब ५० अर्ब भारु र एन्सिलरी इकोसिस्टमका लागि थप ७० अर्ब भारु आवश्यक पर्छ। यदी महिन्द्राले १० अर्ब भारुभन्दा कम मूल्यमा जीएमको महाराष्ट्र प्लान्ट खरिद गर्न सकेमा त्यो निक्कै लाभदायकहरु विश्लेषकहरुको भनाइ छ। 

महिन्द्राले चाकनमा रहेको प्लान्टबाट क्षमता विस्तार गर्ने घोषणा गरिसकेको छ जुन जीएमको तलेगाउँ प्लान्टबाट करिब २० मिटरको दुरीमा छ। 

विद्युतीयलाई प्राथमिकता 

महिन्द्रा विद्युतीय कार उत्पादनमा निक्कै आक्रामक हुने संकेत गरेको छ। यसैसाता कम्पनीले विभिन्न मोडलका विद्युतीय कारको डिजाइन सार्वजनिक गरेको हो। महिन्द्राले अघिल्लो महिना बेलायतमा भएको ब्रिटिस इन्भेस्टमेन्ट को बाट २५ करोड अमेरिकी डलर लगानी प्रतिवद्धता समेत पाएको छ। त्यस्तै सेप्टेम्बरको पहिलो साता महिन्द्राले एक्सयूभी ४०० विद्युतीय कार सार्वजनिक गर्ने बताएको छ। 

२०२७ सम्म महिन्द्राले वार्षिक २ लाख विद्युतीय कार उत्पादन गर्ने घोषणा गरेको छ। यो भनेको उसको कुल बिक्रीको ३० प्रतिशत हो। उक्त समयमा महिन्द्राले पेट्रोलियम सवारी उत्पादन समेत वार्षिक ५ लाख पुर्‍याउने योजना बनाएको छ। 

images

प्रकाशित : शनिबार, भदौ ४ २०७९०४:०६

प्रतिक्रिया दिनुहोस