शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

फोहर व्यवस्थापनमा सघाउँदै रेडक्रस स्वयंसेवक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ३ २०७९
images
images
फोहर व्यवस्थापनमा सघाउँदै रेडक्रस स्वयंसेवक

उनीहरुले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ।

images
images

काठमाडौं- मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन्। 

images
images

यसक्रममा उनीहरुले शुक्रबार बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुवात गरेका हुन्। 

images
images

अभियानमा नेरेसो काठमाडौं जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन्। उनीहरुले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ।

images
images
images

शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने जानकारी दिए। उनले भने, 'सफाइ कार्यक्रमको पहिलो दिन आज विहान बागवजार,कमलादी र पुतलीसडक क्षेत्रमा फोहर व्यवस्था गर्ने काम भयो। यस अभियानले स्वच्छ काठमाडौँ बनाउन सहयोग मिल्छ। सडकका मुख्य चोक तथा गल्लीमा थुप्रिएका फोहर समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ।'  


प्रकाशित : शुक्रबार, भदौ ३ २०७९०६:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend