काठमाडौं- सहरी विकास मन्त्रालयले राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न आवेदन माग गरिएको छ।
सहरी विकास मन्त्रालयअन्तर्गतको पदाधिकारी सिफारिस समितिको सचिवालले शुक्रबार सूचनामार्फत अवेदन मागिएको हो।
सहरी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरुको नियुक्त तथा मनोनयन सम्बन्धी निर्देशिक २०७६ अनुसार योग्यता पुगेका व्यक्तिले २१ दिनभित्र आवेदन दिनसक्ने छन्। आवेदन दिन स्नातकोत्तर गरेको, राष्ट्रिय आवास कम्पनी सुधारको व्यवसायिक कार्य योजना समेत पेश गर्नुपर्ने छ।