शुक्रबार, चैत १६ गते २०८०    
images
images

महिन्द्राको पहिलो विद्युतीय एसयूभी ‘एक्सयूभी ४००' सार्वजनिक हुँदै, नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्न सक्ला?

images
images
महिन्द्राको पहिलो विद्युतीय एसयूभी ‘एक्सयूभी ४००' सार्वजनिक हुँदै, नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्न सक्ला?

एनएमसी ब्याट्री ज्यादा पावर र रेन्जको लागि परिचित छ। त्यसैले एक्सयूभी ४०० ले एक पटकको फुल चार्जमा ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ।

images
images

काठमाडौं- भारतीय सवारी उत्पादक महिन्द्राले विगत लामो समयदेखि विद्युतीय कार उत्पादन गर्दै आएको छ। विगतमा रेभाको स्वामित्व लिएपछि इटुओ विद्युतीय कार बजारमा ल्याएको थियो। उक्त इटुओ नेपाली बजारमा समेत उल्लेख्य संख्यामा बिक्री भएको विद्युतीय कार हो। 

images
images
images

त्यसपछि महिन्द्राले इभेरिटो सेडान कार ल्याएको थियो। तर उक्त कार भने अपेक्षाकृत बिक्री हुन सकेन। अब भने महिन्द्राले एसयूभी सेगमेन्टमा आकर्षक विद्युतीय कार बजारमा ल्याउने भएको छ। यसका लागि कम्पनीले विभिन्न मोडलको प्रोटोटाइप सार्वजनिक गर्दै उत्पादन बजारमा ल्याउने योजना समेत पेश गरेको छ। 

images

महिन्द्राको पहिलो विद्युतीय एसयूभीका रुपमा एक्सयूभी ४०० आउने भएको छ। महिन्द्राले यो कार सेप्टेम्बर ६ मा भारतीय बजारमा सार्वजनिक गर्ने तय भएको छ। भारतीय बजारमा उत्पादन भएको पहिलो विद्युतीय एसयूभी टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा महिन्द्रा एक्सयूभी ४०० ईभीले गर्ने चर्चा भारतीय सञ्चार माध्यमहरुले गरेका छन्। 

images
images

भारतमा ईभी उत्पादनमा अग्रणी भूमिकामा रहेपनि महिन्द्रले समयको मागअनुसारको विद्युतीय कार बजारमा ल्याउन नसक्दा कम्पनी निक्कै पछाडि परिसकेको छ। टाटा नेक्सन ईभी भारत र नेपालमा सर्वाधिक विक्री हुने ईभी मोडलका रुपमा स्थापित भइरहेको छ। 

अब भने महिन्द्राले धेरै मोडलको कन्सेप्ट सार्वजनिक गरेर आफू ईभी उत्पादनमा आक्रमक बन्ने संकेत गरेको छ। साथै, एक्सयूभी ४०० पछि केयूभी १०० को ईभी भर्सन ल्याउन तयारीमा कम्पनी रहेको छ। टाटा मोटर्सले पनि विद्युतीय एसयूभीका विभिन्न मोडलहरुको कन्सेप्ट सार्वजनिक गरिसकेको छ। 

महिन्द्राले ल्याउन लागेको एक्सयूभी ४०० अहिले चल्तीमा रहेको एक्सयूभी ३०० मा आधारित रहेर बनेको मोडल हो। कम्पनीले एक्सयूभी ३०० को भन्दा करिब २०० एमएम लामो साइजमा एक्सयूभी ४०० आउने अनुमान गरिएको छ। लम्बाई बढेपनि यसको चौडाई, उचाई र ह्वीलवेस भने एक्सयूभी ३०० कै समान हुनेछ।

महिन्द्राको नयाँ विद्युतीय कारमा ‘एक्स १०० प्लेटफर्म’मा आधारित कोरियन कम्पनी एलजी सेमको हाई डेन्सिटी एनएमसी ब्याट्री प्रयोग हुनेछ। एनएमसी ब्याट्री ज्यादा पावर र रेन्जको लागि परिचित छ। त्यसैले एक्सयूभी ४०० ले एक पटकको फुल चार्जमा ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ। 

महिन्द्राले २०२० को अटो एक्सपोमै एक्सयूभी ४०० को कन्सेप्ट सार्वजनिक गरेको थियो। एक्सयूभी ४०० इभीमा एड्रेनो एक्स कनेक्टेड कार एआई प्रविधिसहित ठूलो साइजको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम रहनेछ।

यो विद्युतीय कारमा क्लोज अफ फ्रन्ट ग्रिल, इन्ट्रिग्रेटेड डीआरएलका साथै नयाँ डिजाइनको हेडलाइट हुनेछ। रियरमा पनि रिभाइज्ड टेलगेट र नयाँ डिजाइनको टेलल्याम्प क्लस्टरसहित आउने छ। 

एक्सयूभी ४०० विद्युतीय कार पछि महिन्द्राले शून्य प्रदूषण कारका रुपमा एक्सयूभी ई९ कुपे भर्सनमा ल्याउने जनाएको छ। यो कार २०२५ अप्रिलमा बजारमा आउने छ। महिन्द्राका नयाँ विद्युतीय कार आकर्षक डिजाइन क्लासमा आउने छन्।

महिन्द्राका एसयूभी सेगमेन्टका कार नेपाली बजारमा लोकप्रिय रहेका छन्। त्यस्तै महिन्द्राको इटूओ विद्युतीय कारसमेत ठूलो संख्यामा बिक्री भएको छ। भारतमा सार्वजनिक हुन लागेको एक्सयूभी ४० विद्युतीय कार भारतमा सार्वजनिक भएलगत्तै नेपाली बजारमा समेत आउने छ।

images

प्रकाशित : शुक्रबार, भदौ ३ २०७९०३:३९

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ