शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान

images
बिहीबार , भदौ २ २०७९
images
images
लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आह्वान

कार्यक्रममा भारतीय तथा स्वदेशी लगानीकर्ताबीच उर्जा, खानी तथा रियल स्टेट, स्टील, कपडा, कृषि, खाना तथा प्याकेजिङ, सेवा तथा पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा बीटूबी छलफल भएको थियो।

images
images

काठमाडौं- सरकार एवं निजी क्षेत्रले नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेका छन्। भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगीसँगको कार्यक्रममा यस्तो आग्रह गरिएको हो। 

images
images

उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघले कार्यक्रम आयोजना गरेका हुन्। सो कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानूनी एवं प्रक्रियागत सुधार गरेको बताए। उनले चालु आर्थिक वर्षको बजेटले प्रत्यक्ष वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको, एक द्धार नीति अबलम्बन गरेको उल्लेख गरे। 

images
images

नेपालको आर्थिक विकासका लागि नेपालको निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको मन्त्री बडूको भनाइ छ। नेपालमा गरिने लगानीका लागि भारत एवं चीनलगायत प्रमुख बजार रहेको भन्दै उनले लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका हुन्।  

images
images
images

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको बताउँदै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताए। उनले भारतीय लगानीकर्ताका लागि नेपाल महत्वपूर्ण लगानी गन्तव्य मुलुक रहेको उल्लेख गरे। 

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानी गरेका डाबर नेपाल, यूनिलिभर नेपाललगायत कम्पनीले सुरुमा गरेको लगानीको तुलनामा धेरै गुणा नाफा गरिसकेको उदाहरण दिँदै लगानीका लागि आग्रह गरे। उनले सिमेन्ट, खानी, जलविद्युत, सूचना प्रविधिलगायतका क्षेत्रमा निकै अवसर रहेको बताए। ७७ वटा नेपाली उत्पादनलाई अमेरिकाले भन्सार र कोटारहित सुविधा दिएको जानकारी गराउँदै नेपालमा उच्च प्रतिफलको सम्भावना रहेको बताए। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक पक्षबारे चर्चा गर्दै पर्यटन, पूर्वाधारका क्षेत्रमा लगानीका लागि उचित वातावरण निर्माण भएको बताए।  

उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिका अध्यक्ष ब्रम्हा मिश्राले नेपाल लगानीका लागि उचित गन्तव्य मुलुक भएको बताए। नेपाल सरकार, नेपालको निजी क्षेत्रले भारतीय लगानीकर्तालाई गरेको सम्मान एवं स्वागतले आफूहरुलाई उर्जा प्रदान गरेको उनको भनाइ छ।  

कार्यक्रममा भारतीय तथा स्वदेशी लगानीकर्ताबीच उर्जा, खानी तथा रियल स्टेट, स्टील, कपडा, कृषि, खाना तथा प्याकेजिङ, सेवा तथा पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा बीटूबी छलफल भएको थियो।


प्रकाशित : बिहीबार , भदौ २ २०७९११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend