शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

स्वदेशी वस्तुको प्रचारप्रसार र बजारीकरणमा सहयोग गर्न सरकार तयार : प्रधानमन्त्री

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २ २०७९
images
images
स्वदेशी वस्तुको प्रचारप्रसार र बजारीकरणमा सहयोग गर्न सरकार तयार : प्रधानमन्त्री

'महिला उद्यमीको वस्तु तथा सेवाको प्रदर्शनीले रोजगारी सिर्जना, व्यावसायिक सीपको विकास तथा महिलालाई उद्यम व्यवसायमा लाग्न प्रेरित गर्छ'

images
images

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित बस्तुको प्रचारप्रसार र बजारीकरणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन्। 

images
images

महिला उद्यमी महासङ्घ नेपालले आजदेखि ललितपुरमा आयोजना गरेको ‘छैठौँ अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उनले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार तथा बजार विस्तार गर्न आवश्यक रहेको बताए। 

images
images

उनले महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाका प्रदर्शनी एवं मेलाले निकासी प्रवर्द्धनमा सहयोग पुग्नाका साथै नेपाली महिलाले सञ्चालन गरेका साना तथा मझौला उद्योगको संरक्षण र दीगो विकासमा मद्दत पुग्ने बताए।

images
images
images

'स्वदेशभित्रै उपलब्ध कच्चापदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवर्द्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न महिलाले विशेष ध्यान दिनुपर्छ', प्रधानमन्त्री देउवाले भने, 'स्वदेशी श्रम, सीप र कच्चापदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सहयोग पुर्‍याउन सबैलाई अपिल गर्न चाहन्छु।'

व्यापार मेलाले महिला उद्यमशीताललाई प्रवर्द्धन गर्र्न, महिला उद्यमी व्यवसायीबाट उत्पादित वस्तु तथा सेवाको विविधीकरणका साथै बजारको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले महिला उद्यमीको वस्तु तथा सेवाको प्रदर्शनीले रोजगारी सिर्जना, व्यावसायिक सीपको विकास तथा महिलालाई उद्यम व्यवसायमा लाग्न प्रेरित गर्ने बताए। 

उनले मेलामा काठमाडौँ उपत्यकालगायत सातै प्रदेशका विभिन्न जिल्लाबाट महिला उद्यमीले स्थानीय स्रोत र साधनबाट बनाइएका परम्परागत सीपमा आधारित उत्पादन प्रदर्शनी हुने कुराबाट आफू हर्षित भएको बताए। 'जुम्ला, हुम्ला, दार्चुला, डडेल्धुरा, ताप्लेजुङ जस्ता विकट तथा दुर्गम जिल्लाबाट पनि उद्यमी महिला सहभागी भई आफ्ना उत्पादन प्रदर्शनी गर्न ल्याउनुभएको जानकारी पाउँदा मलाई खुसी लागेको छ', प्रधानमन्त्री देउवाले भने। 

नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको भन्दै उनले निजी क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिमा टेवा पुर्‍याउँदै रोजगारी सिर्जनामा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए। उनले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गरे। आगामी दिनमा महिलाको अधिक सहभागिता हुनेमा विश्वास व्यक्त गर्दै उनले यसलाई अझ फराकिलो, समन्वयात्मक र सन्तुलित बनाउन आग्रह गरे। रासस


प्रकाशित : बिहीबार , भदौ २ २०७९०९:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend