शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

भाषिक अस्पष्टताले भन्सारमा रोकिएका सवारी जाँचपासको बाटो खुल्यो

images
बुधबार, भदौ १ २०७९
images
images
भाषिक अस्पष्टताले भन्सारमा रोकिएका सवारी जाँचपासको बाटो खुल्यो

भाषिक अस्पष्टताबारे वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै जाँचपास गर्न सकिने व्यवस्था गरेको हो।

images
images

काठमाडौं- सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिन दोस्रोपटक असार ३१ गते प्रकाशित गरेको सूचनामा भाषिक अस्पष्टता हुँदा त्यसयता सवारी जाँचपास रोकिएको थियो। उक्त भाषिक अस्पष्टताबारे वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै जाँचपास गर्न सकिने व्यवस्था गरेको छ।

images
images

राजपत्रमा साउन २६ गते सूचना प्रकाशित गरेर वाणिज्य मन्त्रालयले २०७३ असार ३१ को नेपाल राजपत्र भाग ५ मा प्रकाशित सूचनाबाट पैठारीमा बन्देज लगाइएका मालवस्तु २०७९ बैशाख १३ गतेभन्दा अगाडि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रियामा गइसकेको हकमा त्यस्ता मालवस्तु पैठारी गर्न बाधा नगर्ने निर्णय भएको जनाएको छ। 

images
images

निर्णय २६ गते नै भए पनि मुख्य सचिव अस्वस्थ भएकाले प्रमाणीकरणमा ढिलाइ हुँदै बुधबार मात्रै सूचना प्रकाशित भएको हो। 

images
images
images

भाषिक अस्पष्टता हुँदा साउनयता कुनै पनि सवारीसाधानको जाँचपास हुन सकेको छैन। वाणिज्यको उक्त निर्णयसँगै भारतलगायत विभिन्न मुलुकबाट आयात भएर भन्सार नाकामा आइपुगेका ९ सयभन्दा बढी सवारीसाधनको जाँचपास गर्ने बाटो खुलेको छ।  

गत बैशाखदेखि लगाइएको कार आयात प्रतिबन्धलाई भदौ १४ सम्म लम्ब्याउने निर्णय गर्‍यो। असार ३१ गते जारी भएको राजपत्रमा पुरानो प्रतिबन्धलाई निरन्तरता वा प्रतिस्थापन भन्ने स्पष्ट नहुँदा एलसी खुलेर भन्सार बिन्दुमा आइपुगेका कारको जाँचपास रोकिएको थियो।  

वीरगञ्ज, भैरहवालगायत भन्सार नाकामा आइपुगेका कार एक महिनादेखि जाँचपास हुन सकेको थिएन। सरकारले बैशाखमा लगाएको प्रतिबन्धलाई असारमा पुनः केही वस्तुलाई थप गरेर निरन्तरता दियो। तर त्यसमा उल्लेखित भाषामा अस्पष्टता देखिएकाले भन्सार कार्यालयहरूले भन्सारलाई पत्राचारमार्फत सोधेका थिए।  

भन्सार विभागबाट अर्थ मन्त्रालय हुँदै कार्यालयहरुको पत्र वाणिज्य मन्त्रालयसम्म पुगेको थियो। सो पत्रबारे वाणिज्य मन्त्रालयले मन्त्रिपरिषद्‍बाट निर्णय गराएर राजपत्रमा सूचना प्रकाशित गरेको हो। 

बैशाख १३ को निर्णयमा असार ३१ मा केही वस्तु थप गरिएको र त्यसमा पुरानो आयात प्रतिबन्धबारे स्पष्ट रुपमा नलेखिएकाले केही समस्या उत्पन्न भएको थियो। सरकारले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित भएकाले अब जाँँचपासको बाटो खुलेको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए। 

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिने निर्णय गरेको थियो। साउनको अन्तिम शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १० वटा एचएस कोडमा पर्ने वस्तुको आयातमा लगाएको पूर्ण प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको थियो। सो निर्णयलाई निरन्तरता दिँदै भदौ १३ सम्म पुर्‍याइएको छ। 

सवारीसाधनको आयातको हकमा भने व्यक्तिगत प्रयोगमा आउने पेट्रोल डिजेलबाट चल्ने सवारीसाधनको आयातमा रोक लागेको थियो। यसमा बिजुलीबाट चल्ने सवारीसाधन आयातमा रोक लगाइएको थिएन। त्यस्तै बैशाख १३ मा २५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो भने असार ३१ मा परिमार्जन गरिएको प्रतिबन्धमा १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात गर्न रोक लगाइएको हो। बैशाख १३ गतेभन्दा पहिले एलसी खोलिएको सवारीसाधनको हकमा भने उक्त सूचना लागु हुने छैन। 


प्रकाशित : बुधबार, भदौ १ २०७९११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend