शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

पूर्ण विद्युतीकरण राष्ट्रिय लक्ष्य हो, प्राधिकरण चनाखो हुनुपर्छ : ऊर्जामन्त्री

images
बुधबार, भदौ १ २०७९
images
images
पूर्ण विद्युतीकरण राष्ट्रिय लक्ष्य हो, प्राधिकरण चनाखो हुनुपर्छ : ऊर्जामन्त्री

उत्पादनको अनुमति लिएर आयोजना ओगट्ने प्रवृत्ति निषेध गर्नका लागि सरकारले कदम चाल्ने

images
images

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुई वर्षभित्र देशलाई पूर्ण विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरणले चनाखो भएर काम गर्नुपर्ने बताएकी छिन्। 

images
images

नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्ण विद्युतीकरण राष्ट्रिय लक्ष्य भएकाले बिजुली उत्पादनसँग अन्य पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ। 

images
images

उत्पादन बढ्दै जाने भएकाले खपत बढाउनुपर्ने, नपुगेको ठाउँमा बिजुली कनेक्सन विस्तार गर्ने काममा कुनै पनि ढिलासुस्ती गर्न नहुने उनको भनाइ छ। 

images
images
images

बिजुली खपतका लागि प्राधिकरण आफैले सकेसम्म विद्युतीय सवारी मात्र उपयोग गर्नुपर्ने उनले बताइन्। 

विद्युत उत्पादन मात्र नभएर प्रसारणलाइनको काम जटिल भएकाले यसमा कुनै ढिलासुस्ती हुन नदिन प्राधिकरण व्यवस्थापनलाई भुसालले निर्देशन दिएकी छन्।

ऊर्जा उत्पादन, वितरण, खपत तथा निर्यातका लागि नीतिगत तथा कुनुटनीतिक पहल सरकारले गरिरहेको उनले बताइन्। प्राविधिक तथा जटिल काममा हेलचर्क्यांइ र ढिला गर्नु कसैलाई छुट नभएको उनको भनाइ छ।

ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान अहिलेसम्म स्मरणीय रहेको र भविष्यमा पनि निजी क्षेत्रको योगदान सरकारले अपेक्षा गरेको उनले बताइन्। तर उत्पादनको अनुमति लिएर आयोजना ओगट्ने प्रवृत्ति निषेध गर्नका लागि सरकारले कदम चाल्ने उनको भनाइ छ।

मागेजति बिजुली पाउने अवस्था अझै नभएको भन्दै उनले भनिन्- 'एकातिर  खपत बढाउने भनिरहेका छौँ, अर्कोतिर बिजुली मागेका निवेदन महिनौँदेखि डेस्कमा थन्किएको सूचना आएको छ। यस्तो प्रवृत्तिमा सुधार हुन आवश्यक छ।'


प्रकाशित : बुधबार, भदौ १ २०७९१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend