बिहीबार , वैशाख १३ गते २०८१    
images
images

'उत्पादन, खपत र निर्यात बढाउने रणनीतिमा विद्युत प्राधिकरण'

images
images
images
'उत्पादन, खपत र निर्यात बढाउने रणनीतिमा विद्युत प्राधिकरण'

भारतमा बिजुली निर्यात भर्खर सुरु भएको र भविष्यमा बढ्ने उत्पादन तथा अतिरिक्त ऊर्जाको निर्यात बढ्ने उनको भनाइ छ।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको निर्यातमा अहिले सुरुवात मात्र भएको र यसले अझै निरन्तरता पाउने बताएका छन्। 

images
images
images

प्राधिकरणको ३७ अ‌ाैँ वार्षिकोत्सबको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरणले अब धेरै उत्पादन, खपत र निर्यात बढाउने रणनीतिमा प्राधिकरण रहेको बताए। 

images

पछिल्लो समय पीपीएमा ढिलाइ भइरहेको भन्ने निजी क्षेत्रको गुनासोका बीचमा घिसिङले अब प्राधिकरणले उत्पादन बढाउनका लागि लगानी पनि बढाउने र सम्झौता पनि गर्दै जाने बताएका छन्।

images

'प्राधिकरणको नाफा र उन्नति यहीँ रोकिनेवाला छैन। थप उत्पादनबिना यो हुँदैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। प्राधिकरणको व्यापार र खपत बढाउनका लागि यी सब काम हुन्छ' उनले भने।

images
images

भारतमा बिजुली निर्यात भर्खर सुरु भएको र भविष्यमा बढ्ने उत्पादन तथा अतिरिक्त ऊर्जाको निर्यात बढ्ने उनको भनाइ छ। 'निर्यातमा हुने वृद्धिबाट विदेशी मुद्राको आम्दानी विस्तार हुने तथा शोधानान्तर सन्तुलनमा योगदान दिनेछ' उनले भने।

images

प्रकाशित : बुधबार, भदौ १ २०७९०९:५६

प्रतिक्रिया दिनुहोस