मंगलबार, असोज ८ गते २०८१    
images
images

सहकारी विभागको निर्देशन : घर जग्गामा लगानी नगर्नू, ठूलो रकमको बचत नलिनू

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १ २०७९
images
images
सहकारी विभागको निर्देशन : घर जग्गामा लगानी नगर्नू,  ठूलो रकमको बचत नलिनू

विभागले घरजग्गा जस्ता सम्पत्तिमा लगानी नगर्न सहकारी संस्थाहरूलाई निर्देशन पनि दिएको छ। 

images
images

काठमाडौं - सहकारीहरूलाई साना व्यवसायमा लगानी गर्नतिर केन्द्रित हुन  सहकारी विभागले निर्देशन दिएको छ। 

images
images
images

पछिल्लो समय सहकारीका ठूला लगानी डुब्दै गएको र त्यही कारणले बचतकर्ता आतंकित भइरहेको समयमा विभागले ठूला व्यवसायमा लगानी नगर्न निर्देशन दिएको छ। 

स्रोत व्यवस्थापन नगरी बचत संकलनभन्दा पनि ऋण विस्तारमा आक्रामक भइरहेका सहधारीलाई अबदेखि स्रोत सुनिश्चित गरेर मात्र ऋण लगानी गर्न निर्देशन दिएको छ। 

विभागले घरजग्गा जस्ता सम्पत्तिमा लगानी नगर्न सहकारी संस्थाहरूलाई निर्देशन पनि दिएको छ। 

images

'कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स-साना व्यावसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरुमा सकेसम्म कर्जा लगानी नगर्ने' विभागको निर्देशनमा उल्लेख गरिएको छ। 


विश्वव्यापी रुपमा फैलिएको कोभिड - १९ को असर तथा प्रभाव, आर्थिक मन्दी, आ.व. २०७९/८० को मौद्रिक नीतिबाट वित्तीय क्षेत्रमा पर्न सक्ने प्रभावका कारण तरलता व्यवस्थापनको असर सहकारी क्षेत्रमा पर्न गई केही सहकारी संघसंस्थाहरुलाई सदस्यको बचत फिर्ता, कर्जा लगानी र असुलीमा कठीनाई भइरहेको भन्दै विभागले संस्था तथा सदस्यका लागि निर्देशन जारी गरेको हो। 

विभागले ऋण परिचालन मात्र होइन बचत संकलनमा पनि ठूला आकारमा केन्द्रित नहुन संस्थाहरूलाई निर्देशन दिएको छ। 


प्रकाशित : बुधबार, भदौ १ २०७९०७:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend