काठमाडौं- बुधबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला ५ सय र चाँदी १० रुपैयाँ घटेको हो।
मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँ घटेर ९६ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।