मंगलबार, असोज ८ गते २०८१    
images
images

आयात प्रतिबन्धले अर्थतन्त्रलाई राहत, लगातार दोस्रो महिना थपियो डलर सञ्चिति 

images
मंगलबार, साउन ३१ २०७९
images
images
आयात प्रतिबन्धले अर्थतन्त्रलाई राहत, लगातार दोस्रो महिना थपियो डलर सञ्चिति 

त्यसको प्रभावस्वरूप अर्थतन्त्रका सूचकमा सुधार देखिएको छ। आर्थिक वर्षको सुरुदेखि नै निरन्तर खराब भइरहेका सूचकमा जेठदेखि सुधार देखिन थालेको छ। 

images
images

काठमाडौं- बढ्दो व्यापार घाटाले गर्दा अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप पर्न थालेपछि आर्थिक वर्ष २०७८/७९ को मध्यदेखि आयातमा गरिएको कडाइले सूचकमा सुधार देखिन थालेको छ। 

images
images
images

स्वदेशमा विदेशी मुद्राको सञ्चिति न्यून हुँदै गएपछि सरकार तथा केन्द्रीय बैंकले चालेको आयात निरूत्साहनका कदमले काम गर्न लागेको देखिएको छ। सरकारले बैशाखदेखि केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो भने राष्ट्र बैंकले गत पुषदेखि नै ती वस्तुको आयात गर्न जाने कर्जामा कडाइ थालेको थियो।  

त्यसको प्रभावस्वरूप अर्थतन्त्रका सूचकमा सुधार देखिएको छ। आर्थिक वर्षको सुरुदेखि नै निरन्तर खराब भइरहेका सूचकमा जेठदेखि सुधार देखिन थालेको हो। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक २०७८/७९  वर्षको वार्षिक तथ्यांकअनुसार केही सुधार देखिएको छ। वर्षको अन्त्यमा शोधनान्तर घाटाको विस्तारमा ब्रेक लागेको छ। असार मसान्तसम्म २ खर्ब ५५ अर्बले शोधानान्तर घाटामा रहेको छ। यस्तो घाटा जेठसम्म २ खर्ब ६९ अर्ब थियो। यद्यपि अघिल्लो वर्षको अन्त्यको तुलनामा भने घाटा विस्तार भएको छ। अघिल्लो वर्षको अन्त्यमा १ अर्ब २३ करोडले बचतमा थियो। 

images

एक वर्षमा मुलुकबाट १८.९ प्रतिशतले विदेशी मुद्रा सञ्चिति घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष ११ अर्ब ७५ करोड डलर बचत रहेकोमा यो असारको अन्त्यसम्म ९ अर्ब ५४ करोडमा सीमित भएको छ। वर्षको सुरुदेखि नै सञ्चितिमा गिरावट आएको थियो। यद्यपि पछिल्ला दुई महिनामा लगातार डलर सञ्चिति थपिएको छ। बैशाखको तुलनामा जेठमा विदेशी मुद्राको सञ्चिति १७ करोड अमेरीकी डलर थपिएको थियो। त्यस्तै  असारमा ९ करोड डलर थपिएको छ।  योसँगै सञ्चितिले आयात धान्नसक्ने क्षमतामा पनि सुधार भएको छ। 

अर्थतन्त्रमा सुधार देखिएपनि वार्षिक तुलनामा भने खराब अवस्था भने कायमै छ। चालु खाता घाटाको विस्तार अझै तीव्र देखिएको छ। असार मसान्तसम्म ६ खर्ब ३३ अर्बले चालु खाता घटामा रहेको छ। अघिल्लो वर्ष ३ खर्ब ३३ अर्बले घाटामा थियो। 
 
वर्षको सुरुदेखि नै रेमिट्यान्स घटेपनि अन्तमा आएर रेमिट्यान्समा वृद्धि भएको छ। गएको वर्ष १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले धेरै हो। 

असारको मूल्य वृद्धि भने ८.०८ प्रतिशत पुगेको छ। वार्षिक औषत मूल्यवृद्धि भने ६.३२ प्रतिशत रहेको छ। 


प्रकाशित : मंगलबार, साउन ३१ २०७९१२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend