काठमाडौं- मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ। सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रपैयाँमा कारोबार भएको थियो।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदी पनि प्रतितोला १५ रुपैयाँ घटेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।