मंगलबार, असोज ८ गते २०८१    
images
images

कृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनलाई अर्थमन्त्रीको आग्रह

images
मंगलबार, साउन ३१ २०७९
images
images
कृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनलाई अर्थमन्त्रीको आग्रह

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट संचालन हुने गरि आधुनिकीकरण समेत गर्न सकिने।

images
images

काठमाडौं-  अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई कृषि औजार कारखाना संचालनका लागि अध्ययन गर्न आग्रह गरेका छन्। 

images
images
images

भेटका क्रममा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको बताए। 

'कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी  छिट्टै संचालनमा ल्याउने  गर्ने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई  कृषि औजार आविस्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष रहेको छ' उनले भने। 

केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविष्कार गर्ने पनि बताए।

images

कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविष्कार केन्द्रसमेत बनाउने अर्थमन्त्रीको योजनाप्रति आफ्नो समर्थन रहेको बताउँदै पुनले भने 'कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजारहरु समेत निर्माण गर्न सकिन्छ।'   

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत संचालन हुने गरि आधुनिकीकरण समेत गर्न सकिने पुनले बताए। अर्थमन्त्री शर्माले आविष्कार केन्द्रको अध्ययनको सुझाव अनुसार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताए।   
 
यस्तो छ कृषि औजार कारखानाको इतिहास 

कृषि कार्यमा प्रयोग हुने मानव, पशु र यान्त्रीक शक्तिबाट संचालन हुने सस्तो, सरल, तथा सुलभ तरिकाबाट भूगोल सुहाउँदो कृषि यन्त्र र उपकरण उत्पादन गरी आयात प्रतिस्थापन गर्ने तथा कृषि कृषि क्षेत्रमा रोजगारी सृजना गरेर आय आर्जन क्षमता बढाउने उद्धेश्यका साथ नेपाल सरकार र तत्कालिन सोभियत संघको संयुक्त लगानीमा वि.स. २०२१ सालमा  कृषि औजार कारखाना बीरगञ्जमा स्थापना भएको थियो।

कम्पनीमा परिणत भएको कृषिऔजारकारखाना, बीरगञ्जले शुरुका वर्षहरुमा कृषि औजारहरुको प्रर्याप्त उत्पादन गरी आपूर्ति गरेता पनि 
विविध कारणबाट कृषि औजार उत्पादनमा न्यून हुन गएको थियो।

हाल देशमा कृषि यन्त्रहरुको माग तथा आपूर्ती समेत बढ्दै गइरहेको अवस्थामा कृषि यन्त्रहरुको आयातलाई कम गर्न तथा नेपालको भूगोल सुहाउँदो कृषि यान्त्रीकरणलाई प्रबर्द्धन गर्न स्वदेशमै कृषि यन्त्रहरुको उत्पादन, विकास र बिस्तारका लागि कृषि औजार 
कारखानाको पुनर्जीवनको आवश्यकता महशुस भएको छ।

यस कारखानाको आफ्नै स्वामित्वमा वीरगन्ज उपमहानगरपालिका मजडिहा पिपरा वडा नं ८,९ मा नौ विगाहा जग्गामा कार्यालय भवन, कारखानाभवन, आवास भवन तथा अन्य भवन र मेशिनरीहरु छन्। 

बिसं २०४८ सालमा नीजिकरण भएको कृषि औजार कारखानालाई २०५१ फाल्गुणमा नीजिकरण फुकुवा गरि संचालनमा आएकोमा २०५३ आषाढसम्म उद्योगन्यून क्षमतामा संचालनमा रहेको थियो। नीजिकरण भए पश्चात घाटामा सञ्चालन भएको र व्यवस्थापकिय लगायत विविध समस्याहरुका कारण पटक पटक उत्पादन बन्द हुने गरेको यो कारखाना वि.स. २०५९ सालदेखि पूर्ण रुपमा बन्द गरेको देखिन्छ।


प्रकाशित : मंगलबार, साउन ३१ २०७९०३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend