शुक्रबार, चैत १६ गते २०८०    
images
images

मेयर बालेनको प्रश्न : राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको ठाउँमा फोहर लैजान किन अवरोध?

'स्वार्थहरूको होइन, फोहरको व्यवस्थापन गर्नुपर्ने हो'

images
images
मेयर बालेनको प्रश्न : राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको ठाउँमा फोहर लैजान किन अवरोध?

'केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो। यसका गहिरा र अलग्गै कारणहरु छन्।'

images
images

काठमाडौं- राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको स्थानमा फोहर व्यवस्थापन गर्नसमेत अवरोध भइरहेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गुनासो गरेका छन्। 

images
images
images

कांग्रेस, माओवादी र नेकपा एसका धुनिबेंसी-१ वडा समितिले पार्टी नगरसमितिलाई संयुक्त रुपमा पत्र लेख्दै बन्चरेडाँडामा फोहर मैला दीर्घकालीनरुपमा बन्द गर्न आग्रह गरेसँगै पछिल्लो समय फोहर व्यवस्थापनमा समस्या आइरहेको छ। 

images

आइतबार सत्तारुढ तीन दलका स्थानीय नेताहरूले फोहर खसाल्न नदिने घोषणा गरेकोमा सोमबार नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि समर्थन गरेका छन्। सोमबार केही स्थानीयले फोहर लैजान अवरोध गर्दै गुलेलीसमेत हानेका थिए।

images
images

'फोहर लैजाने कुरा आज पनि सहज भएन। सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो। केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो। यसैकारण आज २०३ वटा मात्र फोहरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो' शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्। 

'केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो। यसका गहिरा र अलग्गै कारणहरु छन्। नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढि लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ?' उनले भनेका छन्। 

उनले अघि भनेका छन्, 'यहाँ केही कमजोरी, केही गल्ति भएकै छ। सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन। तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ। यसका लागि केही समय भने पक्कै लाग्छ। सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील छ। हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ। सबै पक्षबाट हामी त्यहि किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ।'

काठमाडौंको फोहरमा देखियो पार्टी भर्सेस बालेन : थप जटिल बन्दै ब्यवस्थापन काठमाडौंको फोहरमा देखियो पार्टी भर्सेस बालेन : थप जटिल बन्दै ब्यवस्थापन

images

प्रकाशित : सोमबार, साउन ३० २०७९०१:४४

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ