शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

काठमाडौंको फोहरमा देखियो पार्टी भर्सेस बालेन : थप जटिल बन्दै ब्यवस्थापन

फोहर बोकेर बञ्चरेडाँडा गएका गाडी आज पनि बीच बाटोमै रोकियो

images
images
images
काठमाडौंको फोहरमा देखियो पार्टी भर्सेस बालेन : थप जटिल बन्दै ब्यवस्थापन

सडकको खराब अवस्था र पटक पटक विभिन्न माग राख्दै हुने स्थानीय नेता/प्रतिनिधिको आन्दोलनका कारण काठमाडौंको फोहर सडक किनारमै बढिरहेको छ।

images
images

काठमाडौं- काठमाडौंको फोहर ब्यवस्थापन थप जटिल बन्दै गएको छ। फोहर बोकेर बञ्चरेडाँडा गएका गाडीहरू राजनीतिक पार्टीका स्थानीय नेताहरूले सोमबार पनि बीच बाटोमै रोकिदिएका छन्। 

images
images
images

आइतबार कांग्रेस, माओवादी र नेकपा एसका धुनिबेंसी-१ वडा समितिले पार्टी नगरसमितिलाई संयुक्त रुपमा पत्र लेख्दै बन्चरेडाँडामा फोहर मैला दीर्घकालीनरुपमा बन्द गर्न आग्रह गरेसँगै पछिल्लो समस्या उत्पन्न भएको हो।

images

आइतबार सत्तारुढ तीन दलका स्थानीय नेताहरूले फोहर खसाल्न नदिने घोषणा गरेकोमा सोमबार नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि समर्थन गरिरहेको स्थानीय बासिन्दाले बताएका छन्। 

images

काठमाडौं महानगरपालिकाले पूर्ण क्षमतामा फोहर व्यवस्थापनको प्रयास गरिरहँदा बारम्बार अवरोध भइरहेको महानगरले जनाएको छ। गएको शनिबार फोहर बोकेर १ सय ५२ वटा गाडीहरू बञ्चरे डाँडा ल्याण्डफिल साइडमा पुगेका थिए। आइतबारदेखि संख्या बढाएर दैनिक २ सय ५० देखि ३ सय ५० वटासम्म फोहर बोकेका गाडी बञ्चरे पुर्‍याउने योजना बनाइएको थियो। योजनाअनुसार काम गर्न आइतबार बिहानैदेखि अवरोध आइलागेको महानगरले जनाएको छ।

images
images

अहिले फोहर ब्यवस्थापनमा स्थानीय दलहरूको विरोधसँगै काठमाडौं महानगरपालिकामा स्वतन्त्र रुपमा मेयर जितेका बालेन शाह र राजनीतिक दलबीचको घुमाउरो द्वन्द्वसमेत देखिन थालेको छ। आइतबार बेलुकी मेयर बालेनले सामाजिक सञ्जालमार्फत फोहरको राजनीति नगर्न र त्यस्तो राजनीतिले कसैलाई अगाडि नबढाउने बताएका छन्। 

मेयर शाहले फोहरको रासमा झन् कुहिएको खेल खेलेर राजनीतिको नाम नदिन आग्रह गर्दै भनेका छन्- 'राजनीति त्यस्तो हुँदैन। त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन, यसमा हेक्का राखौँ।'

तारेकश्वर नगरपालिका वडा नं. ३ का अध्यक्ष पर्शुराम अर्यालकाअनुसार शनिबार राति अज्ञात समूहले तीनपिप्ले आठमाइलनजिक ढकाल खोलामा करिब तीन ट्रक फोहर फाले। पानीको मुहानमा फोहर फालिएको जनाउँदै स्थानीयले बिहान सडक अवरुद्ध गरेका थिए।

एउटापछि अर्को समस्या समाधान गरिरहँदा हरेक दिन समस्या थप्ने काम भइरहेको मेयर बालेनले बताएका छन्। मेयर बालेनले आइतबार भनेका थिए- 'कसैले फोहर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने। यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो। फोहर बोक्ने गाडीले बाख्रा मारेको भन्ने, यसलाई पनि समाधान गर्यौँ। यी दुई अवरोध हटाउनेवित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ।'

सोमबार पनि सत्तारुढ दलसहित नेकपा एमाले र राप्रपाका स्थानीय नेतासहितले फोहर खसाल्न नदिने भन्दै संयुक्त विज्ञप्ती निकाल्ने तयारी गरिरहेका छन्। 

ल्याण्डफिल्ड साइटसम्म पुग्ने सडकको अवस्था बर्खाको समयमा नाजुक हुने हुँदा हरेक वर्ष बर्खामा देखिने गरेको समस्या अहिले बढिरहेको छ। बर्षासँगै बिग्रिएको सडकमा फोहरका गाडीलाई यसै पनि मुस्किल भइरहेको स्थानीय बासिन्दा बताउँछन्। 

कुहिने फोहर काठमाडौंमा नै ब्यवस्थापन गर्ने र नकुहिने फोहरका लागि मात्रै अरू विकल्प खोज्ने तयारीमा महानगर लागिरहे पनि अहिले वर्तमान समस्या समाधान नै कठिन भइरहेको छ। काठमाडौं महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ।

काठमाडौंको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। फोहर वर्गीकरण योजना भने ३२ वटै वडामा लागू गरिएको छ। कामपाले मात्रै फोहर व्यवस्थापन गर्दै आएको नौ वडामा प्राय नियमितरुपमा फोहर व्यवस्थापन भइरहेको भए पनि निजीले फोहर व्यवस्थापन गर्दै आएको स्थानमा भने समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन्।  

निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ। आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रियाअघि बढाउने चेतावनी दिएको छ। तर उपत्यकाभित्रको फोहर ब्यवस्थापनमा हालका लागि एकमात्र विकल्प रहेको बञ्चेरेडाँडा पुग्न नै समस्या हुँदा विषय थप जटिल बनिरहेको छ।

नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा निर्माण भएको अत्याधुनिक ल्याण्डफिल्ड साइटसम्म फोहर लैजानका लागि यसअघि फोहर विसर्जन गरिँदै आइएको साइट सिसडोलको बाटो भएरै जानुपर्छ। गत जेठ महिनाबाट उपत्यकाको फोहर सिसडोलबाट दुई किलोमिटर टाढा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको हो।

उपत्यकाबाट फोहर तारकेश्वर नगरपालिका, ककनी नगरपालिका र धुनीबेसी नगरपालिका हुँदै बञ्चरेडाँडा जानुपर्छ। खासगरी त्रिशुली-बालाजु सडकको निर्माण आठ वर्ष पहिले सुरु भएर पनि अझै अलपत्र भएकाले समस्या थपिएको छ। सडकको खराब अवस्था र पटक पटक विभिन्न माग राख्दै हुने स्थानीय नेता/प्रतिनिधिको आन्दोलनका कारण काठमाडौंको फोहर सडक किनारमै बढिरहेको छ। 

images

प्रकाशित : सोमबार, साउन ३० २०७९०४:२०

प्रतिक्रिया दिनुहोस