शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

संगठित अपराध मुद्दामा थुनामा रहेका दुई जनाविरुद्ध विदेशी विनिमय अपचलनको मुद्दा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ३० २०७९
images
संगठित अपराध मुद्दामा थुनामा रहेका दुई जनाविरुद्ध विदेशी विनिमय अपचलनको मुद्दा

संगठित अपराधको मुद्दामा नेपाली कारागारमा थुनामा रहेका एक भारतीय र एक पाकिस्तानी नागरिकविरुद्ध विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

images
images

काठमाडौं- राजस्व अनुसन्धान विभागले दुई जना विदेशी नागरिकविरुद्ध विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दायर गरेको छ। 

images
images
images

संगठित अपराधको मुद्दामा नेपाली कारागारमा थुनामा रहेका एक भारतीय र एक पाकिस्तानी नागरिकविरुद्ध विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

images
images

भारतीय नागरिक चाँदबाबु मोहम्मद शरिफ र पाकिस्तानी नागरिक जाबेद अस्लाम खानको साथबाट अवैध विदेशी मुद्रा बरामद भएकाले विभागले मुद्दा दायर गरेको हो। 

images
images

चाँदबाबु महोम्मद शरिफ सहिद र जाबेद अस्लाम खानले अनुमति नलिई विदेशी विनिमय  कारोवार तथा प्रतिबन्धित विदेशी विनिमय पैठारी गरेकाले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), सोही ऐनको दफा ५ को उपदफा (१) तथा सोही ऐनको दफा १२ ले दिएको अधिकार बमोजिम विगो कायम गर्दै मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ। 

विभागका अनुसार जावेद अस्लाम खानको हकमा  पचास लाख १६ हजार ६ सय ८७ रुपैयाँ र चाँदबाबु मोहम्मद शरिफ सहिदको हकमा एक लाख १२ हजार १०५ रुपैयाँ  बिगो कायम गरी सजाय हुन तथा उक्त बिगो जफतको माग दावीसहित मुद्दा दायर गरिएको छ।


प्रकाशित : सोमबार, साउन ३० २०७९१२:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend