शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

नेपाल टेलिकमको आम्दानी ४४ अर्ब, १७ प्रतिशत बढेर ८ अर्ब पुग्यो नाफा 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ३० २०७९
images
images
नेपाल टेलिकमको आम्दानी ४४ अर्ब, १७ प्रतिशत बढेर ८ अर्ब पुग्यो नाफा 

कम्पनीको प्रति सेयर आम्दानी ४६.५६ रुपैयाँ। यो अघिल्लो वर्षको तुलनामा घटेको हो।

images
images

काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको (नेपाल टेलिकम) वार्षिक आम्दानी ४४ अर्ब पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ४४ अर्ब ३४ करोड ३७ लाख ७८२ रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २ अर्बले बढी हो। २०७७/७८ मा कम्पनीले ४२ अर्ब २३ करोड आम्दानी गरेको थियो। 

images
images

त्यस्तै कम्पनीको खुद नाफा १७.५४ प्रतिशतले बढेको छ। कम्पनीले अघिल्लो वर्ष ७ अर्ब १२ करोड नाफा गरेको थियो। जुन गएको वर्ष बढेर ८ अर्ब ३८ करोड पुगेको छ। कम्पनीको चुक्ता पुँजी २० प्रतिशतले बढेर १८ अर्ब पुगेको छ भने सञ्चिति पनि बढेर ७७ अर्ब पुगेको छ। 

images
images

कम्पनीको प्रति सेयर आम्दानी ४६.५६ रुपैयाँ। यो अघिल्लो वर्षको तुलनामा घटेको हो।

images
images
images

कम्पनीले कोर सेवा बिक्रीबाट गर्ने आम्दानीमा सुधार गर्दा नाफामा वृद्धि देखिएको हो। ग्राहकलाई विभिन्न प्रकारका सेवाबाट उठाएको शुल्कमा २ अर्ब वृद्धि गरेको छ। प्राविधिक बाहेकको सेवाबाट हुने आम्दानी स्थिर तथा खर्च कटौति गर्न असफल भएपनि कम्पनीको नाफामा भएको वृद्धिको मुख्य कारण ग्राहक सेवा शुल्कमा भएको सुधार हो। 

 


प्रकाशित : सोमबार, साउन ३० २०७९०६:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend